शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा
समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राख्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आइतबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमबाट स्वदेशमा मात्रै नभएर विदेशमा रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्नेछ ।” नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारमा केन्द्रित यस किसिमको सम्मेलनले समग्र देश र जनता लाभान्वित हुने विश्वास पनि व्यक्त गर्नुभयो । नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हरेक चार वर्षमा आयोजना हुने यस किसिमको सम्मेलनबाट विज्ञान प्रविधिमा आधारित नीति निर्माणमा योगदान पुग्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिको उचित विकासबिना मुलुकले विकासको फड्को मार्न नसक्ने भएकाले यस क्षेत्रमा विभिन्न काम गरिरहेका जानकारी गराउनुभयो । नाष्टले विज्ञानका साथै वैज्ञानिकको हितमा ‘गैरआवासीय विज्ञान पुरस्कार’ स्थापना गर्नुका साथै युवा तथा महिला वैज्ञानिकका हितमा एक फोरम स्थापना गरी कार्य गरिरहेको श्रेष्ठले जानकारी गराउनुभयो । नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ‘साइन्स सिटी निर्माण’ ‘साइन्स फर सोसाइटी’ लगायतका विषयमा छलफल एवं प्रस्तुति हुने बताउनुभयो ।उक्त कार्यक्रममा मुलुकका ३५० भन्दा बढी विज्ञका साथै वैज्ञानिकको उपस्थिति रहेको नाष्टले जनाएको छ । रातोपाटीबाट  
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP