शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला : निवर्तमान श्रममन्त्री श्रेष्ठ
माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला : निवर्तमान श्रममन्त्री श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार १३, २०७९
ss
काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताउनुभयो ।आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय त छँदैछु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्कोपटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठूलो कुरो होइन ।’उहाँले मन्त्रालयबाट विदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताउनुभयो। ‘छुट्टिंदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उहाँले भन्नुभयो । आफू ८ महिना २१ दिन मन्त्रीको रुपमा गर्वका साथ रहेको र विवादरहित निर्णय गरेको दाबीसमेत गर्नुभयो । काममा कतै पनि तलमाथि नगरेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘जति दिन म बसें असाध्यै गर्वका साथ, विभागले गरेका, कुनै पनि शाखाले गरेका निर्णयहरु विवादरहित भएर ८ महिना २१ दिन सफलतापूर्वक सम्पन्न गरेर म आज बाहिरिंदै छु ।’ उहाँले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह पनि गर्नुभयो । चर्को स्वरमा बोल्ने आफ्नो स्वभाव रहेको बताउँदै निवर्तमान श्रेष्ठले कसैको चित्त दुखेको भए आजैदेखि भुलिदिन आग्रह समेत गर्नुभयो । ठगेको पैसा २४ घण्टाभित्र दिने कि नदिने भनेर आफूले दलालहरुलाई डाइरेक्ट फोन गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘म एक्सनमा जाँदाखेरि, कहिलेकाहिं कतै चर्को स्वरले चित्त दुखेको छ भने त्यो आजदेखि भुल्दिनुस् है ।’अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP