शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस् : भट्टराई
माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस् : भट्टराई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार १३, २०७९
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा रहिरहन शुभकामना दिनुभएको छ । अध्यक्ष नेपालप्रति सचिव भट्टराईले आइतबार दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले आलोचना गर्नुभएको थियो । भट्टराईले आइतबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै माधव नेपालले अब सन्यास लिए हुने बताउनुभएको थियो। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले 'एमालेका १० भाइहरू दास भएर बसेकोु टिप्पणी गर्नुभएको थियो । त्यसप्रति लक्षित गर्दै सचिव भट्टराईले ‘माधव नेपालजस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु,’ भन्नुभएको थियो। भट्टराईले अध्यक्ष नेपालको अवकासको जीवन राम्रोसँग वितोस् भन्नुभएको थियो । ‘उहाँको आगामी अवकासको जीवन राम्रो बितोस्। उहाँ अवकास लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँड्नु भएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीलाई महसुस गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने । सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन,' उहाँले भन्नुभएको थियो । सचिव भट्टराईको यो अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली लगायतले आलोचना गर्नुभएको थियो। अध्यक्ष माधवलाई भट्टराईले सन्यासको धम्की दिएको पराजुलीको भनाइ थियो।'माधव नेपाललाई उचाली-उचाली राजनीतिमा बैतर्नी तरेकाले सन्यासको धम्कीरु माधव नेपालको समूहमा नलागेको भए पार्टी राजनीतिमा आज कुन कुनारकुन स्थानमा पुग्ने थियो हेक्का होला नि, इतिहास साँची नै छ,’ पराजुलीले भन्नुभएको थियो । नेपालको कम्युनिष्ट पार्टीलाई विभाजन गर्न भट्टराईले सकुनीको भूमिका खेलेको आरोप पराजुलीको थियो। ‘नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गर्न सकुनिको भूमिका खेल्नेहरूबाट धम्कीरु एमाले, नेकपा विभाजनको बिजारोपण गर्ने द्वन्द्वको जग बसाल्नेले आज यसरी बोल्नलाई अलिकति पनि लाज लाग्दैनरु बैगुनी केटोको उपमा त्यसै प्राप्त भएको होइन रहेछ,’ पराजुलीले आइतबार बेलुकी फेसबुकमा लेख्नुभएको थियो्, ‘माधव नेपालको राजनीतिक टोपी शिरमा नभिरेको भए आज कुन राजनीतिक खेलमैदानमा हुनुहुन्थ्योरु विभाजनका शिरोमणिहरू यस्तो राजनीति कति दिन चल्छरु विभाजन र समूहबन्दीका नाइकेहरू माधव नेपालले होइन सन्यास लिने तपाईंहरूले हो।’पराजुलीप्रति लक्षित गर्दै सोमबार बिहान एमाले सचिव भट्टराईले पनि फेसबुकबाट नै जवाफ फर्काउनुभएको छ । ‘कमरेड माधव नेपालले हामीमाथि पटकपटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो । उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं। अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले उहाँकै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काए। समाजवादीका युवाहरूको चित्त दुखेछ,’ भट्टराईले भन्नुभएको छ, ‘माफ गर्नुहोला तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुशी हुने गरी म भन्न चाहन्छु-कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्। पदमा रहिरहनुहोस्, शुभकामना।’ सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP