शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सरकारको विशेषाधिकारलाई कटौती नगरियोस् श्रीमान : महान्यायाधिवक्ता खाती
सरकारको विशेषाधिकारलाई कटौती नगरियोस् श्रीमान : महान्यायाधिवक्ता खाती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार १३, २०७९
333
काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको बताउनुभएको छ । उहाँले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको बताउनुभयो । ‘प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्न सक्ने र आफूभन्दा मुनिकालाई प्रोत्साहन गर्न सक्नेसहित प्रहरी नियमावलीको नियम ४१ अनुसार ६ आधार भएकालाई सरकारले आईजीपी बनाउने हो’, आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइमा उहाँले इजलासमा भन्नुभयो, ‘आईजीपी नियुक्ति सरकारको विशेषाधिकार हो । नियमसंगत नै बढुवा गरिएको हो ।’ विश्वराज पोखरेलका वकिलहरूले जेष्ठताका आधारमा उनी नै हुनुपर्ने जिकिर गरेकोप्रति जवाफ दिँदै उहाँले जेष्ठता नै आईजीपी नियुक्तिको उपयुक्त आधार नठहरिन सक्ने जिकिर गर्नुभयो । वैशाख १७ मा सरकारले गरेको निर्णय ठीक भएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘सरकारको विशेषधिकारलाई अदालतले कटौती गर्न मिल्दैन श्रीमान ।’ यस्तै पोखरेलको रिट उपर सहन्यायाधिवक्ता खेमराज ज्ञवाली र सोमकान्त भण्डारीले पनि बहस गर्नुभएको थियो । अहिले अन्य सरकारी वकिलकै बहस चलिरहेको छ भने त्यसपछि आईजीपी धीरजप्रताप सिंहका निजी वकिलको बहस हुनेछ । उनीहरुको बहसपछि पोखरेलका वकिलले जवाफ दिने काम हुने र सुनुवाइ सकिनेछ । आईजीपी नियुक्ति विरुद्धको मुद्दा न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भइरहेको हो। रातोपाटीबाट  
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १३:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP