शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कांग्रेसले आत्मविश्वास गुमाइसक्योः पोखरेल
कांग्रेसले आत्मविश्वास गुमाइसक्योः पोखरेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १४, २०७९
काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताउनुभएको छ ।प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै विकास र समृद्धिमा नीति र नेतृत्वमा एकै व्यक्तिको आवश्यकता रहेको बताउनुभएको छ । ‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रष्ट हुन्छ दलहरू मिलेर व्यवस्था बदलेका छन्। तर, दलहरू मिलेर राष्ट्र बनाएको कतै पाइँदैन,’ उहाँले भन्नुभयो, ‘हामी नेपालमा विकास र समृद्धिको कुरा गर्छौ भने त्यहाँ नीतिगत नेतृत्वको आवश्यक पर्छ। त्यसैले नेपाललाई विकास र समृद्धिको बाटोमा हिँडाउने हो भने राजनीतिक ध्रुवीकरण आवश्यक छ।’ उहाँले नेपालको राजनीतिमा अहिले दुई कित्तामा बाँडिएको सन्दर्भ पनि प्रस्तुत गर्नुभएको थियो। ‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजिवादतर्फको कित्ता र अर्को वामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता। अरू सबै विचार र शृंखला भनेका त्यसैको वरिपरी छन्,’ पोखरेलले भन्नुभयो, ‘फरक विचारबीच धु्रवीकरण गर्ने हो भने यी दुई शक्तिबिचको धु्रविकरण ऐतिहासिक आवश्यकता हो। जसले समृद्धिको नेतृत्व गर्न सक्छ।’ उहाँले नेपाली कांग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रूपमा रहेको पनि बताउनुभयो। ‘ नेपाली काँग्रेस यति हतोत्साही र निरास छ कि ऊ गठबन्धन बाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ,’ महासचिव पोखरेलले भन्नुभयोृ ‘तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ। गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ।’ उहँले गठबन्धनले राजनीतिक अवसरवाद पैदा गर्ने र वैदेशिक हस्तक्षेप र चलखेललाई आमन्त्रण गर्ने पनि दाबी गर्नुभयो। ‘जुन राष्ट्रको समृद्धिको वाधक हो। त्यसैले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने हो भने नीतिगत नेतृत्वको प्रश्नमा आधारित भएर नीतिगत नेतृत्व निर्माण गर्ने कुरा नेपालको राजनीतिको आजको मिशन बन्नसक्नुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो । मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्तको आधारमा समाजवादको आधार तयार गर्ने उदेश्यका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्ष पूरा गर्नका लागि बलियो राष्ट्रिय पार्टीका रूपमा नेकपा (एमाले)नै भएको दाबीसमेत गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वबाटै कम्युनिस्ट व्यवस्था संकटको अस्थामा गुज्रिरहेको बेला भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाएको बताउनुभयो। ‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै कुरा सम्पन्न गरेर हामीबाट बिदा हुनुभयो,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्ष मात्रै रहनुभयो। संसदीय राजनीतिमा उहाँ करिब २ वर्ष मात्रै रहनुभयो। तर, उहाँले छोटो समयमै नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो।’छोटो समयमै नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बीचमा स्थापित गराउने र झड्का दिने काम पनि मदले गरेको रिजालले स्मरण गराए कर्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्बोधन गर्नुभएको थियो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP