शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट
७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १४, २०७९
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३.६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छैनन् । संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, विभिन्न कारण देखाई स्थानीय तहले तोकिएको समयमा बजेट नल्याएका हुन् । चालु आर्थिक वर्षमा पनि झण्डै एक दर्जन स्थानीय तहले बजेट नै ल्याउन सकेनन् । बजेट ल्याउने र कार्यान्वयन गर्ने पक्षमा सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ । आगामी आर्थिक वर्षका लागि हालसम्म मधेश प्रदेशका जम्मा ३० वटा (२२.१ प्रतिशत) स्थानीय तहले मात्र बजेट ल्याउन सकेका छन् । बाँकी ७७.९ प्रतिशतले बजेट ल्याउन सकेका छैनन् । कुल ७५३ स्थानीय तहहरु मध्ये मधेश प्रदेशमा १३६ पालिकाहरु रहेका छन् ।यस्तै, प्रदेश १ बाट हालसम्म ५१ स्थानीय तहले बजेट ल्याइसक्दा ८६ वटाले ल्याउन सकेका छैनन् । बागमती प्रदेशबाट कुल ११९ स्थानीय तहहरुमध्ये ३९ वटाले बजेट ल्याउँदा ८० वटा तहले ल्याएका छैनन् । गण्डकी प्रदेशबाट ४४ वटा स्थानीय तहले बजेट ल्याउँदा ४१ वटाले ल्याएको छैन ।लुम्बिनी प्रदेशबाट ३९ वटा तहले बजेट ल्याउँदा ७० वटाले बजेट ल्याएका छैनन् । यस्तै, कर्णाली प्रदेशका ७९ स्थानीय तहहरु मध्ये २३ वटा तहले बजेट ल्याउँदा ५६ वटाले ल्याउन सकेका छैनन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट २७ वटा स्थानीय तहले बजेट ल्याउँदा ६१ वटाले ल्याउन नसकेको मन्त्रालयले जनाएको छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP