शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने
बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १४, २०७९
jjjj
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । असार ८ गते प्रदेश खेलकुद परिषद् गण्डकीको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि गराउने खेलाडी छनोट गर्ने उद्देश्यले विद्यालय स्तरीय प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ । जिल्लास्तरमा हुने राष्ट्रपति कपमा विद्यालयस्तरबाट विभिन्न विद्याका सक्षम खेलाडीलाई छनोट गरेर सहभागि गराउन जिल्ला खेलकु विकास समितिले विद्यालयलाई आग्रह गरेको छ । राष्ट्रिपति कपको ६ वटा विधामा यही २३ र २४ गते हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा प्रशिक्षकसहित १११ जना खेलाडी सहभागि हुने कार्यालय प्रमुख दानबहादुर राईले बताउनुभयो । ६ विद्याका खेलकुद प्रतियोगिता सञ्चालनलाई चुस्त बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका सचिव तारामान रोकाको संयोजकत्वमा सचिवालय उपसमिति, सदस्य कविता रोका तथा सिर्जना पाइजा र जिल्ला भलिवल संघ सदस्य रहेको छात्रा भलिवल सञ्चालन उपसमिति चयन गरिएको छ । त्यस्तै छात्र भलिबलका लागि सविस चोखाल, कुमार किसान र भलिबल संघको संयोजन रहनेगरि उपसमिति गठन गरिएको छ । एथलेटिक्स खेल सञ्चालनका लागि बाबुराम चोखाल, आशा रोका, विनोध घर्ती, दिपेन राई, श्यामबहादुर रोका रहेको एथलेटिक्स व्यवस्थापन उपसमिति गठन गरिएको अध्यक्षा केसीले जानकारी दिनुभयो । क्वड्री प्रतियोगिता सञ्चालनका लागि राजकुमार परियार, साजन फगामी र सन्तोष परियार रहेको उपसमिति गठन भएको छ । त्यस्तै मार्सल आर्ट प्रतियोगितालाई व्यवस्थीत गर्नका लागि जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बाबुराम चोखाल, कराते संघका प्रतिनिधि सुमन बानियाँ, उसु संघका प्रतिनिधि आशा रोका र सुशिल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ । राष्ट्रपति तकप प्रतियोगितामा विजेता विद्यालयलाइई ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्रदान गरिने छ । दुईदिनसम्म संचालन हुने प्रतियोगितामा अनुमानित खर्च ५ लाख रुपैयाँ कार्यालयले जनाएको छ । अनुकुल मौसमका कारण पालिकास्तरमा राष्ट्रपति कप प्रतियोगिता हुन नसकेपनि विद्यालयस्तरमा रहेका विभिन्न विद्यामा उतकृष्ट खेलाडीलाई सहभागि गराउन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले सक्रियता देखाउन अध्यक्ष केसीले आग्रह गर्नुभएको छ ।  
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP