शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आज पार्टी शिलान्यास गरेँ, उद्घाटन गर्ने बेला नेपाल चकित हुनेछ : गौतम
आज पार्टी शिलान्यास गरेँ, उद्घाटन गर्ने बेला नेपाल चकित हुनेछ : गौतम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १४, २०७९
bamdev
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका वामदेव गौतमले अबका तीन महिनासम्म कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने बताउनुभएको छ । तीन महिना पहल गर्दा पनि कम्युनिष्टहरू एक ठाउँमा उभिने अवस्था आएन भने पार्टी अघि बढ्ने उहाँले बताउनुभयो । ‘आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ,’ पार्टी घोषणा गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गौतमले भन्नुभयो । यो पार्टीको संयोजकमा वामदेव छन् । सचिवमा डिबी कार्की हुनुहुन्छ । सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल हुनुहुन्छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय छ। १५ जना सदस्य नबढ्ने गरी स्थायी कमिटी गठन गरिने गौतम बताउँनुहुन्छ । पार्टीमा एक अध्यक्ष, सातै प्रदेशमा इन्चार्ज, प्रदेश उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिव रहने पनि गौतमले बताउनुभएको छ । पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले कम्युनिष्टहरू नमिले अबको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गर्नुभएको छ । गठबन्धन गरे पनि नगरे पनि कांग्रेसले अबको चुनावमा बहुमत ल्याउने देखिएकोले कम्युनिष्टहरू एक हुनुपर्ने तर्क उहाँको थियो । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १६:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP