शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रचण्डसँग वार्ताको प्रस्ताव गर्दा बाबुरामजीले विरोध गर्नुभएको थियो : गौतम
प्रचण्डसँग वार्ताको प्रस्ताव गर्दा बाबुरामजीले विरोध गर्नुभएको थियो : गौतम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १४, २०७९
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गर्नुभएको छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले प्रचण्डसँग द्वन्द्वकै क्रममा आफूले वार्ताको प्रस्ताव गर्दा उनी मौन भएपनि बाबुरामले संसदीय राजनीति नमान्ने भन्दै सुरुमा विरोध गरेको बताउनुभएको हो । ‘प्रचण्डजीले हामी हार्ने र जित्नेको अवस्थामा पुग्यौँ भने यस्तो अवस्थामा तपाईँले वार्ता गर्नुपर्छ । शक्ति सुदृढ गर्नुपर्छ भनेर यो विषय पहिलो पटक राखेँ’, गौतमले स्मरण गर्नुभयो, ‘प्रचण्डजीसँग बाबुराम भट्टराई, मोहन वैद्य पनि हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । मैले प्रताव गर्दा बाबुराम भट्टराईले जुन संसदीय सरकारको विरुद्ध हामीले क्रान्ति सुरु गर्यौँ र जब ५ हजार जनाको बलिदान भइसकेको छ । आज तपाईँले यस्तो प्रस्ताव राख्नुहुन्छ रु भनेर भन्नुभाथ्यो ।’तर आफूले त्यसबेला साँच्चै सुरक्षित अवतरण चाहने हो भने वार्ता नै गर्नुपर्छ भनेर अडान लिएको उहाँले स्मरण गर्नुभयो । आफ्नो सुझावपछि माओवादीले वार्ताको नीति अख्तियार गरेको र जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउन सकेको उहाँको भनाइ थियो । ​रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १६:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP