काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘देश विदेशका खर्चबाट अभियन्ता भएकाहरु धेरै भेटिन्छन् तर प्रतिफल के निस्कियो, कतिले जीवनस्तरमा परिवर्तन ल्याए भन्ने त्यति बाहिर आएको छैन ।’उहाँले अभियानहरू परिणाममुखी, जीवनलाई परिवर्तन दिने खालको हुनुपर्नेमा पनि जोड दिनुभयो । ‘अभियान आफू अगाडि लागेर गर्नुपर्दछ । अभियान नवीनता, रुपान्तरण उन्मुख हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अभियान रचनात्मक, सिर्जनात्मक हुनुपर्दछ र तिनले समाजलाई सकारात्मक प्रतिफल दिनुपर्दछ ।’ रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १६:४०