शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • स्व. रानाको वार्षिक पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग
स्व. रानाको वार्षिक पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १७, २०७९
291425592_8401073243251353_599219851843208143_n
पोखरा ।समाजसेवी स्व. रामकृष्ण रानाको वार्षिक पुण्य तिथिमा उहाँका परिवारले पोखरा वृद्धाश्रममा खाद्यान्नसहित दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । स्व. रानाको प्रथम वार्षिक पुण्य तिथिमा बिहीबार पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरिएको हो । पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुुगी स्व. रानाकी श्रीमती पूर्णकुमारी राना, छोरी देउकुमारी थापा, छोराहरू डम्मरबहादुर राना, तुलबहादुर राना, देवबहादुर राना, नातिनी मेनुका थापाले खाद्यान्न र फलफूल सहयोग गर्नुभएको हो । सो अवसरमा पोखरा वृद्धाश्रमका सञ्चालक कुुसुमकेशव पराजुलीलाई स्व. रानाको परिवारले खाद्यान्न, फलफूल तथा अन्य दैनिक उपभोग्य सामान हस्तान्तरण गरेको हो । वृद्धाश्रममा रहेका ४८ जना ज्येष्ठ नागरिकका लागि चामल, दाल, नुन, तेल, चिनी, अण्डा, जुस, बिस्कुट, चिउरा, मस्यौरालगायतका खाद्यान्न एवं आँपलगायतका फलफूल स्व. रानाको परिवारले वृद्धाश्रममा सहयोग गरेका छन् । जसमा सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री समेत रहेका छन् । वृद्धाश्रमको तर्फबाट सहयोग ग्रहण गर्दै सञ्चालक कुुसुुमकेशव पराजुलीले मनकारी व्यक्तिहरूको सहयोगले नै वृद्धाश्रम व्यवस्थापनमा सहज भएको बताउनुुभयो । सन्तान भएर पनि वृद्ध बाबुआमाले बेसहारा बन्नुपर्ने अवस्था दुःखद् भएको भन्दै उहाँले वृद्धाश्रमले ज्येष्ठ नागरिकका लागि व्यवस्थित रुपमा जीवनयापनको वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो । सहयोग हस्तान्तरण गर्दै स्व. रानाकी छोरी देउकुमारी थापाले आफ्नो बुबाको प्रथम वार्षिक पुण्यतिथिमा आफ्नै बुुबा आमा सम्झेर सहयोग गरेको बताउनुुभयो । वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफ्नो बुुबाको आत्माले शान्ति पाउने विश्वास समेत व्यक्त गर्नुभयो । माछापुच्छ्रे गाउँपालिका–३, घलेखर्क, कास्कीनिवासी समाजसेवी स्व. रामकृष्ण रानाको ९१ वर्षको उमेरमा गत वर्ष असार १६ गते निधन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ११:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP