शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कांग्रेस–एमालेबाट गठबन्धनको प्रस्तावः ठाकुर
कांग्रेस–एमालेबाट गठबन्धनको प्रस्तावः ठाकुर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी संसदीय निर्वाचनमा गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रस्ताव आएको बताउनुभएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकमा कुन पार्टीसँग गठबन्धन गर्न उपयुक्त हुन्छ र कसरी अघि बढ्ने भनेर उहाँले रायसल्लाहसमेत माग्नुभएको थियो । पछिल्लो समय ठाकुर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवाद र छलफलमा छन्। ‘बैठकमा अध्यक्षज्यूले चुनावी गठबन्धन बनाउन नेपाली कांग्रेस र एमाले दुवै दलबाट प्रस्ताव आएको र कुन दलसँग सहकार्य गर्न उपयुक्त हुन्छ भनी हामीसँग सल्लाह माग्नुभयो,’ बैठकपछि लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले भन्नुभयो, ‘भोलि (आइतबार) बस्ने अर्को बैठकमा यसबारे विस्तृत छलफल गर्नेछौं।’ लोसपाले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको भन्दै ठाकुरले बैठकमा ब्रिफिङ गर्नुभएको थियो । लोसपाले अगामी संसदीय निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने या सत्तारूढ गठबन्धनसँग मिलेर अघि बढ्ने भन्नेमा निष्कर्ष निकाल्ने भएको छ। कार्यकारिणी सदस्य झाका अनुसार शनिबार बसेको बैठकमा पार्टीको विधानबारे पनि छलफल भएको थियो। विधानमा कार्यकारिणी, केन्द्रीय तथा अन्य समितिहरूमा कति सदस्य राख्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । लोसपाले अहिलेसम्म केन्द्रीय समिति गठन गर्न सकेको छैन। निर्वाचन आयोगमा बुझाएको कार्यकारिणी समितिबाहेक अरू कुनै समिति पार्टीले गठन गर्न सकेको छैन । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP