शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार
लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
जनकपुरधाम । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ। मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो। गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठ वटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियोरएफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ। यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन आवेदन आह्वान गरेको र आवेदन आएलगत्तै तीनरचारभित्रै सञ्चारमाध्यमलाई लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो। केही महिनाअघिदेखि नै लोककल्याणकारी विज्ञापन वितरणको तयारी गरिए पनि मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन ढिलाइ भएको र कर्मचारी अभाव लगायतका कारण केही समय ढिलाइ भएको उहाँले बताउनुभयो । लोकल्याणकारी विज्ञापनको सबै तयारी भइसकेको र केही दिनभित्रै सबै सञ्चारमाध्यमलाई त्यो उपलब्ध गराइने उहाँको भनाइ छ। त्यस्ता विज्ञापन एवं सूचना सञ्चार माध्यमले प्रकाशन–प्रसारण गरेकामा आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने अध्यक्ष यादवले जनाउनुभयो । यसैगरी पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरू बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ। बीमामा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रूपैयाँसम्मको औषधि(उपचार खर्च पाउने र सात लाख रूपैयाँसम्म दुर्घटना बिमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ। रासस
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १२:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP