शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण
सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो । सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएकोमा विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण स्वरूप उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपि, छोटा अवधिका २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको चालु आर्थिक वर्ष भित्र नै भुक्तानी हुने भए पनि एक वर्षमाथिका ऋणहरू भने जारी रहनेछन् । बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि ऋण उठाउन थालिएकोमा यस त्रैमासमा ६ अर्ब रुपैयाँ उठाइएको र तेस्रो र चौथो त्रैमासमा क्रमशः ९९ अर्ब ४६ करोड र १ खर्ब २५ अर्ब ८३ करोड उठाइएको जनाएको छ । यस्तो ऋण दोस्रो तेस्रो र चौथो त्रैमासमा क्रमशः २.६ प्रतिशत, ४३ प्रतिशत र ५४.४०२ प्रतिशत सङ्कलन गरिएको छ । सरकारले आवश्यक पर्दा राष्ट्र बैंकमार्फत विभिन्न औजार प्रयोग गरी आन्तरिक ऋण उठाउने गर्छ । सोही विधिमार्फत चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको हो । रातोपाटीबाट  
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १२:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP