शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • माओवादी केन्द्रीय समिति बैठक : ९ वटा एजेण्डामा छलफल गरिने
माओवादी केन्द्रीय समिति बैठक : ९ वटा एजेण्डामा छलफल गरिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेण्डाहरुमा सहिदहरुप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रीय कमिटी सदस्यहरुको शपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरुको तर्फबाट संक्षिप्त रिपोर्टिङ गर्ने रहेको बताउनुभयो। प्रदेशको तर्फबाट प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गर्ने र मधेस प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकको कार्यसूचीमा अध्यक्ष दाहालबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ हुने पनि राखिएको छ । माओवादी केन्द्रको यस केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डाहरुमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको चयन गर्ने, कार्यविभाजन गर्ने, स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने, आगामी प्रदेश र संघीय निर्वाचनको तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष दाहालले बताउनुभयो । महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने कार्यसूची अध्यक्ष दाहालले पेस गरेसँगै सबै समितिहरु बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरु आशावादी देखिएका छन् । अर्कोतर्फ एजेण्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशंकापनि नेताहरुले गरेका छन्।बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रिय सदस्य लेखनाथ दाहालले यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रीय सदस्यहरु एकमत भएको बताउनुभयो । उहाँले पार्टीको संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारी लगायतका समिति चयन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भुमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै अध्यक्षको सहयोगको लागि पनि छिटोभन्दा छिटो पार्टीका समितिहरु बन्नुपर्नेमा जोड दिनुभयो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १४:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP