शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जेलमा रहेका रेशम चौधरीलाई गठबन्धनमा ल्याउन शीर्ष नेताहरुको कसरत
जेलमा रहेका रेशम चौधरीलाई गठबन्धनमा ल्याउन शीर्ष नेताहरुको कसरत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
resham
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी टीकापुर घटनाको आरोपमा जेलमा हुनुहुन्छ । उहाँ जेलमा भए पनि राष्ट्रिय राजनीतिमा एक खालको चर्चामै रहनुहुन्छ । जसपा विभाजनको शृङ्खला होस् या आफ्नै पार्टी गठनको अवस्था होस्, उहाँ चर्चामै रहनुहुन्छ । पछिल्लो समय आफ्नो श्रीमतीको नाममा नागरिक उन्मुक्ति पार्टी खोलिसकेपछि उहाँको चर्चा थप चुलिएको छ । विभिन्न पार्टीका शीर्ष नेताहरु दिनहुँजसो उहाँलाई भेट्न जेलभित्र गइरहेका हुन्छन् । चुनावी गठबन्धनका लागि शीर्ष नेताहरु जेलमै गएर रेशम चौधरीसँग छलफल गर्न थालेका छन् । केही दिन अघि लोसपाका अध्यक्ष महन्थ ठाकुर उहहाँलाई भेट्न जेलमै जानुभएको थियो । रेशम चौधरीलाई उहाँले चुनावमा सहकार्यका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ । आफूले मुद्दा फिर्ता र जेलबाट रिहाइका लागि अझैसम्म लडिरहेको भन्दै ठाकुरले रेशम चौधरीसँग आगामी चुनावमा सहकार्यको प्रस्ताव गरेको स्रोतको भनाइ छ । तर लोसपाका नेता मनिष मिश्रले आफ्नो पार्टीका अध्यक्ष ठाकुर गठबन्धनका लागि नभएर रेशम चौधरीको रिहाइका लागि भएको संघर्षको अवस्था र प्रक्रियाका बारेमा छलफल गर्न गएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोसपा रेशम चौधरीको रिहाइका लागि प्रयास गरिरहेको छ, त्यो प्रयास कहाँसम्म पुग्यो, त्यसको प्रकृया के के भइरहेको छ लगायतका विषयमा जानकारी दिन अध्यक्षजी रेशम चौधरीलाई भेट्न जेलमा जानु भएको थियो ।’रेशम चौधरीले अलग पार्टी बनाए पनि लोसपाले उहाँको रिहाइका लागि पहल गरिरहेको मिश्रको भनाइ छ । उहाँले भन्नुभयो, ‘रेशम चौधरी लोसपा (साविकको राजपा) मा हुँदा नै थुनामा परेका हुन्, त्यसैले रेशम चौधरीको रिहाइ नै लोसपाको दायित्व हो ।’ त्यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रेशमलाई भेट्न जेलमै पुग्नुभएको थियो । उहाँले जनमत र उन्मुक्ति पार्टीबीच चुनावी गठबन्धनका लागि प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीका अध्यक्ष राउतजी रेशम चौधरीलाई भेटेर सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ, त्यसमा रेशमजी सकारात्मक हुनुहुन्छ ।’ त्यसबाहेक, जसपाका नेताहरु पनि रेशम चौधरीलाई भेट्न जेलमा गइरहेका हुन्छन् । रेशम चौधरी निकट नेताहरुका अनुसार कहिलेकाहीँ काँग्रेस, माओवादी, एमालेका नेताहरु पनि भेट्न आइरहेका हुन्छन् । जेलमा सबभन्दा बढी राजनीतिक चहलपहल रेशम चौधरीकै हुन्छ । उहाँले आफ्नो पार्टीको सम्पूर्ण गतिविधि जेलबाटै सञ्चालन गरेका हुन्छन् । उहाँ दिनभर भेटघाटमै व्यस्त हुनुहुनछ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १५:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP