शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ५७ अंकले बढ्यो सेयर बजार
५७ अंकले बढ्यो सेयर बजार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको हो । यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा उच्च अंकको वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोसी जलविद्युत, सान्जेन जलविद्युत कम्पनी, नेस्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । यसबाहेक, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोसी जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत ९ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ । आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ । जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ । यसैगरी, व्यापार समूहमा १७४ अंकको र जीवन बीमा समूहमा १७० अंकको सुधार आएको छ । यी बाहेक अन्य समूहमा पनि सुधार आएको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १५:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP