शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाबुराम भट्टराईलाई माओवादीमा फिर्ता ल्याउन कुराकानी भइरहेको छ : मन्त्री पौडेल
बाबुराम भट्टराईलाई माओवादीमा फिर्ता ल्याउन कुराकानी भइरहेको छ : मन्त्री पौडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सुनिलले बाबुराम भट्टराईलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताउनुभएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएको थियो। त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भट्टराईले भेटवार्ता गर्नुभएको थियो । आइतबार कमलादीमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा भाग लिई बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बाबुरामलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताउनुभयो। ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘उहाँ माओवादीमा फर्कने सम्भावना छ। कुराकानी पनि भइरहेका छन्।’उहाँले वामपन्थीहरू एक हुने भए समाजवादी केन्द्र बनाउन सकिने पनि बताएका थिए।‘समाजवादी केन्द्र पनि राम्रो हो । माओवादी मात्रै हुनुपर्छ भन्ने शब्दमा हामी खेल्न चाहन्नौं,’ उहाँले भन्नुभयो, ‘यो चुनावअघि नै वामपन्थीहरू एक हुने सम्भावना छ। माओवादीमात्र एक हुने होइन, वामपन्थीहरू नै एक हुनुपर्दछ।’ उहाँले हिजोका माओवादीहरू मुलभूत रूपमा अब एक हुनेतर्फ अघि बढेको पनि बताउनुभयो । माओवादी र बाहिर रहेका कम्युनिष्ट घटकलाई वामपन्थी मोर्चामा अघि बढाएर नेतृत्व गर्नुपर्ने बेला आएको बताउनुभयो।‘बाबुराम भट्टराई जनयुद्धदेखि लाग्नुभएको हो। उहाँ माओवादीमै लाग्नुभयो भने नेता तथा कार्यकर्ता खुसी हुन्छन्,’ उहाँले भन्नुभयो, ‘मैले योभन्दा अर्को विकल्प देख्दनँ।’उहाँले एजेन्डा र मुद्दा मिल्नेसँग चुनावी गठबन्धन फलदायी हुने देखिएको पनि बताउनुभएको छ । सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP