शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता
सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १९, २०७९
vet
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो । भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको चर्चा गर्दै दुवै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्रसङ्घको आदर्शमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदार स्रोत देशका रूपमा मान्यता दिएर ठूलो संख्याका नेपालीलाई रोजगारी दिएकामा धन्यवाद दिनुभयो । मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा जोड दिनुभयो । सन् २००३ मार्चदेखि सुरु भएको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उहाँको भनाइ थियो।मलेसियाका उपसभामुख हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधिमण्डलसँग भेटन पाएकामा खुसी व्यक्त गर्नुभयो । भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राईलगायत सहभागी हुनुहुन्थ्यो । रासस
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP