शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम
जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले बताउनुभयो । नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ । आफूलाई पार्टीले प्रधानमन्त्री कहाँ नाम बुझाएको जानकारी आएको तर शपथका लागि भने खबर नआएको मन्त्रीमा सिफारिस भएका एक नेताले बताउनुभयो । भौतिक पूर्वाधार मन्त्री रेणु यादवले पनि पार्टीले आफूलाई सरकारबाट फिर्ता बोलाएको बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १०:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP