शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राप्रपाले भंग गर्‍यो धवलशमशेर नेतृत्वको एकता वार्ता समिति
राप्रपाले भंग गर्‍यो धवलशमशेर नेतृत्वको एकता वार्ता समिति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
dhawalashamse
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको वार्ता समिति भंग गरिएको छ। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो। महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो।वार्ता समितिमा महामन्त्री राणा, ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष हुनुहुन्थ्यो। यो समितिले विभिन्न पार्टी र व्यक्ति तथा समूहसँग वार्ता र संवाद गरेर राप्रपामा समाहित पनि गरेको थियो।यो समितिले अनौपचारिक रूपमा रवीन्द्र मिश्र, रवि लामिछाने लगायतसँग पनि छलफल गरेको थियो।वार्ता समितिमार्फत कांग्रेस बिपीका धेरै पदाधिकारीलाई राप्रपामा समाहित पनि भएका थिए।तत्कालका लागि वार्ता र संवादका काम सकेकोले उक्त वार्ता टोली हालै भंग गरिएको राप्रपाले जनाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री राणा नेतृत्वको वार्ता टोलीले विभिन्न पक्षसँग वार्ता गरी अधिकांशमा सफल भएको बताउनुभयो । उहाँले कतिपय व्यक्ति र समूह राप्रपामा समाहित भइसकेको र केही हुने क्रममा रहेको बताउनुभयो । तत्कालका लागि वार्ता समितिको आवश्यकता रहेन त्यसैले भंग गरिएको छ। पार्टीले आवश्यकता ठानेपछि फेरि गठन गर्छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP