शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जसपा विवाद : मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने
जसपा विवाद : मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ । जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भन्नुभयो, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गर्नुभएको छ, जुन हामीलाई स्वीकार्य छैन ।’ पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न आजै आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष यादवले गरेको निर्णय सर्वसम्मत होइन, विवादित निर्णय हो, त्यसलाई कुनै पनि हालतमा लागु गर्नुहुँदैन भनेर प्रधानमन्त्री देउवालाई भेटेर भन्ने उहाँले बताउनुभयो । यसअघि पनि जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर जसपाका अध्यक्ष उपेन्द्र यादवबाट आउने कुनै पनि एकपक्षीय निर्णय कार्यान्वयनमा नल्याउन आग्रह गरिसकेका थिए । असार २७–२८ गते वीरगञ्जमा बस्ने केन्द्रीय समितिको बैठकमा जाने कि नजाने भन्ने विषयमा पनि आफूहरुको बीचमा छलफल भइरहेको श्रेष्ठले बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP