शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विकासका काममा भद्दा राजनीति नगरौं : पौडेल
विकासका काममा भद्दा राजनीति नगरौं : पौडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
बुटवल । नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा भद्दा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ । बुटवल उपमहानगरपालिका वडा नं.१५ र सैनामैना नगरपालिका वडा नं.१ लाई जोड्ने दानव नदी (कर्साघाट) पुलको सोमबार उद्घाटन गर्दै पौडेलले तिनाउ दानव करिडोर निर्माणका विरूद्ध अनावश्यक र भद्दा राजनीति गरिएको भन्दै विकास निर्माणका काममा राजनीति नगर्न आग्रह गर्नुभएको हो। करिडोर निर्माण गर्दा तिनाउ दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने र नदी किनारमा जोखिम मोलेर बसेकाहरूलाई जबर्जस्त हटाउने नभई राम्रो र व्यवस्थित ठाउँमा पूर्वाधार विकास गरेर स्थानान्तरण गर्ने भन्दै अरूको बहकाउमा नलाग्न नदी किनारमा बसेकाहरूलाई पनि सुझाव दिनुभयो। बुटवलवासीको माग र भावनाअनुरूप विकासका आयोजना अगाडि सारिएको भन्दै पौडेलले तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा करिडोर निर्माण हुँदा बुटवलको सुन्दरता झनै थपिने बताउनुभयो।‘नदीको संरक्षण गर्दै हरियाली सहितको करिडोर निर्माण गर्दा आसपासको बस्ती समेत सुरक्षित बन्छ, पानीको बहाव क्षेत्रमै गएर घर–टहरा बनाएर बसेकाहरूलाई अन्यत्रै लगेर स्थानान्तरण गरिन्छ,’ पौडेलले भन्नुभयो। विकास निर्माणको हिसाबले रूपन्देही जिल्ला मात्र होइन सिंगो लुम्बिनी प्रदेश नै अब्बल रहेको उल्लेख गर्दै पौडेलले केही वर्षभित्रै विकासको मोडल हेर्न रूपन्देही आउने वातावरण बन्ने बताउनुभयो।रूपन्देही विकासको मोडल बनिरहेको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया बुटवल ६ लेन सडक, भैरहवा लुम्बिनी सडक, बेलबास बेथरी सडक लगायतका आयोजना निर्माणको काम पूरा भइसक्दा रूपन्देही विकासको मानक बनिसकेको दाबी गर्नुभयो। रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेलले विमानस्थलको दोस्रो चरणको काम, तिनाउ नदिमाथि नेपालकै पहिलो सिग्नेचर ब्रिज र बुटवलदेखि चन्द्रौटासम्मको सडक चौडा बनाउने कामको प्रक्रिया पनि केही समयभित्रै सुरू गरिने बताउनुभयो।बुटवल तानसेन सडकखण्डलाई सुरक्षित बनाउन सिद्धबाबामा सुरूङमार्ग र बुटवल नारायणगढ सडक निर्माण पूरा हुँदा बुटवल देशकै प्रमुख सहरको रूपमा स्थापित भइसक्ने दाबी गर्नुभयो। उहाँले ५० वर्ष पछिको बुटवलको परिकल्पना गरी विकास आयोजना सञ्चालन भइरहेको उल्लेख गर्दै आयोजनालाई समयमा सम्पन्न गराउने काममा नागरिकको साथ र खबरदारीको खाँचो रहेको बताउनुभयो । कुल १ सय २७ मिटर लम्बाइ र ११ मिटर चौडाइको दानव नदी पुल १३ करोड ९० लाख ३६ हजारको लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणको लागि अर्घाखाँची बाबुल जेभी रूपन्देहीले २०७४ साल असार २९ गते ठेक्का सम्झौता गरी काम सुरू गरेको थियो। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १३:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP