शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • हार स्वीकार्छु, तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँ : मिश्र
हार स्वीकार्छु, तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँ : मिश्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
काठमाडौँ । विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताउनुभएको छ । उहाँले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष मिश्रले आफ्नो जन्मदिनमा पाएको शुभकामना सन्देशले आफूलाई शक्ति प्रदान गरेको बताउनुभएको छ । ‘जन्मदिनमा अरू वर्ष पनि धेरै शुभेच्छुकहरूले शुभेच्छा प्रकट गर्नुहुन्थ्यो । खुसी लाग्थ्यो । तर यो वर्ष, आज पाएका सन्देशहरूले खुसी सँगसँगै मलाई ठूलो शक्ति पनि प्रदान गरेको छ । तपाईंहरू सबैलाई नमन गर्न चाहन्छु’, मिश्रले भन्नुभएको छ । साथै उहाँले सबैले अघि बढ्न प्रेरणा दिनुभएको भन्दै कतिपयले पछि हटेको हो कि भन्ने आशङ्का व्यक्त गरे पनि आफू पछि नहटेको बताउनुभएको छ । ‘बरु पहिलेभन्दा अझ स्पष्ट रूपमा एक कदम अघि बढ्नेछु । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम हुँदो रहेछ, राजनीति गर्नु पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो’, मिश्रले भन्नुभएको छ । उहाँले पछिल्लो समयमा कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर आफ्ना दृष्टिकोणहरू बनाएको पनि बताउनुभएको छ । तत्कालको व्यक्तिगत सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो भन्नेमा दृढ रहेको पनि मिश्रको भनाइ छ । उहाँले यो देशलाई घात हुने काम गर्ने छैन भन्दै वैचारिक विमतिहरूलाई म सदा झैँ शिष्टतापूर्वक ग्रहण गर्ने बताउनुभएको छ । ‘हार स्वीकार गर्नेछु तर लोकतान्त्रिक प्रक्रियाबाट भाग्ने छैन । एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा मेरो साथ रहिरहने छ’, मिश्रले अठोट व्यक्त गर्नुभएको छ । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १५:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP