शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • धनगढीमा उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे
धनगढीमा उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २०, २०७९
nn
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको हो । नगरसभा बैठकमा बोल्दै एमालेबाट निर्वाचित उपमेयर कन्दकला रानाले योजना तर्जुमादेखि कार्यालयका अन्य कामकाजमा मेयर हमालले कुनै समन्वय नगरेको गरेको आरोप लगाउनुभयो । ‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई वाइपास गरिएको छ’, रानाले भन्नुभयो, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ रहन्छ तर एकलौटी गर्न थालेकाले हामी यो नगरसभा चलाउन सक्दैनौं ।’रानाले सरसल्लाह, छलफल र समन्वयका आधारमा मात्र धनगढीको विकास सम्भव भएको उल्लेख गर्नुभयो । योजना तर्जुमा समितिको संयोजक उपमेयर भएपनि योजना बनाउँदा सल्लाह नगरेको दाबी उहाँको छ । उपमेयर रानाले मेयर हमालले धनगढीबाट बाहिर जाँदा समेत आफूलाई कुनै जानकारी नदिएको भन्दै कानुनी व्यवस्थाको बेवास्ता नगर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ आफ्नो कार्यकक्षमा प्रवेश गर्न समेत हिच्किचाउने भन्दै उहाँले कर्मचारीले समेत आफ्नो अपमान गरेको बताउनुभयो । निजी सचिवालयमा कर्मचारी व्यवस्थापन नगरिदिएको गुनासो समेत उपमेयर रानाको थियो । रानाले उठाएका प्रश्नको जवाफ दिदै मेयर हमालले योजना शाखाका विज्ञहरुले बजेट र योजना निर्माण गरेको बताउँदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताउनुभएको छ । योजना शाखाका विज्ञहरुले योजना बनाएका हुन् । म पनि योजना बनाउनमा संलग्न छैन । ती योजनामा मेरो कुनै स्वार्थ झल्किनुपर्यो नी,’ हमालले भन्नुभयो, ‘एक अर्ब ९३ करोडको बजेट सिलिङमा १० करोड काट्दा धेरै योजना काटिएका छन् । त्यो पनि सम्बन्धित शाखाहरुलाई सोधेरै राखिएको हो ।’उहाँले आफ्नो काम उपमेयरलाई रिपोर्टिङ गर्ने नभएको बताउँदै व्यक्तिगत काम परेर बाहिर गएको बताउनुभयो । तर उपमेयरको सचिवालयमा कर्मचारी नराखिएको विषयमा आफूलाई कुनै जानकारी नभएको मेयर हमालले बताउनुभयो । हमालको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले जनप्रतिनिधिहरुले नगरसभा बैठकमा प्रश्न उठाइरहेका छन् । अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १६:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP