शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ
निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार २१, २०७९
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताउनुभयो । मंगलवार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोचरइनोभेटिभ आइडिया प्रस्तुतका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा बोल्दै उहा्रँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीहरुको बीचमा प्रतिभाको प्रतिष्पर्धा गर्नुले आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले सीप र क्षमतालाई प्रतियोगिताको माध्यमबाट अघि सार्दा आगामी दिनमा कर्मचारीहरुमा काम गर्ने क्षमताको बिस्तार हुने अपेक्षा राखेको बताउनुभयो । उहाँले कर्मचारीहरुले सेवाग्राहीलाई राम्रो ढंगबाट सेवा दिने नविन उपायहरु प्रतिस्पर्धाबाट आउने बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले कार्यक्रमले बाहिरी समाजमा विद्यमान कर्मचारीमा रहेको पुरातनवादी सोचको आरोपलाई चिर्ने काम गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले बाहिर कर्मचारीहरुमा कुनै नयाँ योजना नै छैनन् भन्ने भ्रम रहेकोले त्यसलाई चिरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । मुख्यसचिव बैरागीले प्रतिभाको कदर, सम्मान र प्रतिभाको उचित वातावरण सिर्जना गरेर प्रस्फुटन हुने मौका दिने हो भने निजामति सेवाले फड्को मार्ने दाबी गर्नुभयो । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १७:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP