शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी
अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार २४, २०७९
Iron Folic Acid Chakki-2
म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा समीक्षा गरिएको थियो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा समीक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो । कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा विगतमा सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा अब सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा अन्तत्र्रिmया र छलफल गरिएको थियो । विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो । यसैगरी सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यसहित उनीहरुलाई आइरन चक्की खुवाउन लागिएको हो । एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत साउन–भदौ र असोज तथा माघ–फागुन र चैत गरी दुई चरणको ६ महिनाको अवधिमा २६ हप्तासम्म आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले राज्यको लगानीमा सञ्चालित किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष पुनको अध्यक्षता, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालको सञ्चालन, शिक्षा संयोजक गणेशबहादुर कटुवालको स्वागतमा सम्पन्न कार्यक्रममा आइरन फोलिक एसिड चक्की वितरण भएको थियो । कार्यक्रममा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत रामचन्द्र पन्थीले विद्यालय स्वास्थ्य तथा पोषण प्याकेजसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोरावस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्ने आवश्यकता पर्दछ । मानव शरिरमा हुने राता रक्तकोषिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोषिलो खाना कम खानु, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामा गर्भवती हुने कारणले रक्तअल्पता हुन्छ । रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यक हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १९:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP