शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीलाई हिमाली जिल्लाको सेवा सुविधा दिन सांसद थापाको माग
म्याग्दीलाई हिमाली जिल्लाको सेवा सुविधा दिन सांसद थापाको माग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार २४, २०७९
inbound1011276255877382432
बेनी ।प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य थापाले म्याग्दी हिमाली जिल्लाको रुपमा सुचीकृत भए पनि अहिलेसम्म हिमाली जिल्लाले पाउने सेवासुविधाहरु पाउन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले म्याग्दीलाई नेपालको २१औं नम्बर अर्थात् कान्छो हिमालीको जिल्लाको रुपमा सुचीकृत गरिए पनि सो अनुसारको सेवासुविधा नपाउँदा राष्ट्रसेवक कर्मचारी र सुरक्षा दिने प्रहरीहरु मर्कामा परेको बताउनुभयो । सांसद थापाले भन्नुभयो, ‘म्याग्दी जिल्ला संसारको सातौं, नेपालको छैटौं धौलागिरि हिमाल रहेको दुर्गम हिमाली जिल्ला हो । यहाँ अन्नपूर्ण प्रथम, निलगिरि साउथ, बराहशिखर, गूर्जा, नर्जा, चुरेन लगायतका हिमालहरु यसै जिल्लामा पर्दछन् । हालसम्म अन्य हिमाली जिल्लाको सरह सुविधा म्याग्दीका राष्ट्रसेवकहरुलाई सरकारले प्रदान गरेको छैन । नेपाल प्रहरीको रासनभत्तामा समेत विभेद रहेको पाइन्छ । पर्वत जिल्लामा दैनिक रु.दुईसय २७, बागलुुङमा दैनिक रु.दुईसय ३२ र म्याग्दी जिल्लामा दुईसय १५ मात्रै रहेको छ ।’ ‘शान्तिसुरक्षा कायम गर्ने प्रहरीको दरबन्दी जिल्लामा ३ सय ५३ रहेकोमा २ सय ३४ जना मात्रै कार्यरत रहेका छन् । सुविधा कम भएकै कारण प्रहरीहरु बस्न चाहँदैनन् र अन्यत्र काज मिलाएर जान्छन् । अबिलम्ब यसै आर्थिक वर्षदेखि नेपाल प्रहरीको रासनभत्ता र राष्ट्रसेवक कर्मचारीको सुविधा वृद्धि गरी दुर्गम हिमाली जिल्ला सरहको सुविधा प्रदान गर्नको लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’ सांसद थापाले प्रतिनिधि सभाको वैठकको शुन्य समयमा सभामुखमार्फत सरकारलाई भन्नुभयो । उहाँले म्याग्दी जिल्लाले पनि अन्य हिमाली जिल्लासरह सेवासुविधाहरु पाउनुपर्नेमा जोड दिनुभएको छ । यसअघि सांसद थापाकै पहलमा म्याग्दी जिल्लालाई नेपालको २१औं नम्बरमा हिमाली जिल्लाको रुपमा नेपाल सरकारले सुचीकृत गरेको थियो । म्याग्दीलाई सरकारले हिमाली जिल्लाको मान्यता प्रदान गरेको भए पनि अहिलेसम्म हिमाली जिल्लाले पाउनुपर्ने सेवासुविधा भने पाउन सकिरहेको छ्रैन । म्याग्दीको जुनसुकै डाँडामा पुगेपनि हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । म्याग्दीमा धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, गूर्जा, चुरेनसहित दजनौं हिमालहरु छन् । नेपाल पर्वतारोहण संघले म्याग्दीमा ६ हजार मिटरभन्दा अग्ला ५१ वटा हिमालका पिकहरु रहेको प्रमाणित गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  २०:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP