शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • जन्मदिनमा पोर्चुगलबाट बालगृहका बालबालिकालाई सहयोग (तस्बिरहरू)
जन्मदिनमा पोर्चुगलबाट बालगृहका बालबालिकालाई सहयोग (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार २५, २०७९
292269312_557759309162733_7511787330180095316_n
म्याग्दी ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी घर भई हाल रोजगारको सिलसिलामा पोर्चुगलमा रहनुभएका लोकराज रोका मगरले बालबालिकालाई शैक्षिक सामग्री (स्टेशनरी) सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर आज (शनिवार) उहाँले नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री सहयोग गर्नुभएको हो । म्याग्दी प्रवासी मञ्च साईप्रसको अध्यक्ष समेत रहनुभएका रोका मगरले धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष थमसरा पुनमार्फत बाल सङ्गठनका जिल्ला अध्यक्ष राजेश शाक्य र सचिव सन्दीप खत्रीको रोहबरमा बालबालिकाहरुलाई कपी, कलमलगायत स्टेशनरी सामग्री सहयोग गर्नुभएको म्याग्दी बालगृहले जनाएको छ । उक्त सामग्रीहरु निवर्तमान अध्यक्ष पुनले म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई प्रदान गर्नुभएको थियो । स्टेशनरी सामग्री वितरण गर्दै पुनले जन्मदिनको अवसरमा लोकराजले बालबालिकाहरुलाई गरेको शैक्षिक सामग्री सहयोगले उनीहरुको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले म्याग्दी बालगृहको क्षमता विस्तार गरी शिक्षाबाट बञ्चित अन्य बालबालिकाहरुलाई पनि अध्ययन तथा अध्यापनको व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै यसमा सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । म्याग्दी बालगृहमा हाल ११ जना खासगरी अभिभावकविहिन बालबालिकाहरुले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । बाल सङ्गठनका अध्यक्ष शाक्यले म्याग्दी बालगृहको क्षमता बढाउनका लागि थप पूर्वाधारको विस्तार गर्न आवश्यक पहल भैरहेको जानकारी दिनुभयो । बाल सङ्गठनका सचिव खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, बालगृहका कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रमको भने निवर्तमान अध्यक्ष पुनले समन्वय गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १३:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP