शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • रघुगंगामा ७८ प्रतिशत बजेट खर्च
रघुगंगामा ७८ प्रतिशत बजेट खर्च
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार २७, २०७९
Raghuganga 2
म्याग्दी । म्याग्दीकाे  रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी कारोबार बन्द भएलगत्तै आर्थिक बर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार कुल बजेट ४८ करोड ९४ लाख ५७ हजार २०५ रूपैयाँ बजेट बिनियोजन भएकोमा ३८ करोड ५७ लाख ६० हजार ८८ रूपैयाँ खर्च भएको छ । विभिन्न शिर्षकमा  ४८ करोड ९४ लाख ५७ हजार २०५ रूपैयाँ आम्दानी हुने प्रस्ताव गरिएकोमा ४५ करोड ३१ लाख ७२ हजार ९६४.८० रूपैयाँ आम्दानी भएको लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो । पुँजिगत शिर्षकमा १७ करोड २७ लाख ७५ हजार ७०० रूपैयाँ बिनियोजन भएकोमा ६७.२ प्रतिशत अथवा  ११ करोड ६१ लाख २३ हजार ९४९.६१  रूपैयाँखर्च भएको छ ।  पाँच करोड ६६ लाख ५१ हजार ५७० रूपैयाँ खर्च हुन सकेन् । खर्च नभएको बजेट राज्यकोषमा फिर्ता हुने लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो । सवैभन्दा बढी पुजिगत तर्फ गैरआवासीय भवन निर्माण तथा खरिद शिर्षकमा  चार करोड ९६ लाख ३५ हजार रूपैयाँ बिनियोजन भएकोमा  दुई करोड ७० लाख १३ हजार ३०३ रूपैयाँ खर्च भएको छ । सडक तथा पुल निर्माण शिर्षकमा तीन करोड ५४ लाख ३५ हजार रूपैयाँ बिनियोजन भएकोमा दुई करोड ९६ लाख ७३ हजार २७४ रूपैयाँ खर्च भएको छ । अन्य सार्वजनिक निर्माण शिर्षकमा तीन करोड ८५ लाख ४६ हजार रूपैयाँ बिनियोजन भएकोमा दुई करोड २३ लाख ९३ हजार ५८० रूपैयाँ खर्च भएको छ । गाउँपालिकाले १६५ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन गरेकोमा एक वटा बाहेक सबै कार्यान्वयन भएका छन् । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग गर्न जनप्रतिनिधी, कर्मचारी, प्राबिधिक, उपभोक्ता समितिका पदाधीकारी, निर्माण व्यवसायी, सामाजिक अगुवा लगायत सवैलाई धन्यवाद दिनुभयो । यस वर्ष वडा नम्बर ८ को कुईनेमा सडक पुग्नु, गाउँपालिकाको सभाहल सहितको आफ्नै प्रशासकीय भवन निर्माण हुनु, वडा नम्बर २ र चिमखोला स्वास्थ्य चौकी, कोल्ड स्टोरको भवन निर्माण शुरु, झिँ–टोड्के पैदलमार्ग निर्माण लगायतका उपलब्ध हाँसिल भएका अध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २१:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP