शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गोरखाको दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी
गोरखाको दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार २९, २०७९
manang-air-gorakha
गोरखा । उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा योजनाहरूको भुक्तानीका लागि हेलिकोप्टरबाट पैसा ढुवानी गरिएको छ । सडक सञ्जाल नजोडिएको चुमनुब्रीमा चालू वर्षमा सञ्चालन भएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि कुमारी बैंकले पाँच करोड रुपैयाँ केन्द्रबाट हेलिकोप्टरमा ढुवानी गरेको हो । पालिका केन्द्रमा रहेको बैंकसम्म सडक नपुगेको र हिँडेर जान बाटो अप्ठ्यारो भएकाले जनताको सेवाका लागि हेलिकोप्टर चार्टर गरेर पैसा ल्याएको कुमारी बैंक सिर्दिवास शाखाका म्यानेजर कृष्ण पोखरेलले बताउनुभयो । पैसा ल्याएसँगै चालू वर्षमा गाउँपालिकाबाट सञ्चालित योजनाको भुक्तानी धमाधम भइरहेको छ । चुमनुब्री गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले बैंकमा पैसा डिपोजिट गर्न समस्या हुने गरेकाले सीधै पैसा नै ल्याएर दिने गरेको पोखरेलले बताउनुभयो। सरकारले हरेक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा राख्ने योजनाअनुसार चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासमा कुमारी बैंकको शाखा सञ्चालनमा आएको हो । उक्त बैंकले यसअघि पनि सामाजिक सुरक्षा भत्ता हेलिकोप्टरबाट ल्याएर वितरण गरेको थियो । बैंकमा पैसा सकिँदा एक सातादेखि पालिकाको योजनाहरूको भुक्तानी हुन नसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । ‘बैंकलाई पटक–पटक आग्रह गरेपछि हेलिकोप्टरबाट पैसा ल्याएर वितरण थालेको छ,’ लामाले भन्नुभयो । अहिले लगिएको पाँच करोडले केही महिना कारोबार सञ्चालन हुने भएकाले स्थानीयलाई सहज हुने उहाँले बताउनुभयो बैंकको शाखा रहेको वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता बैंकबाट र अन्य वडामा बैंकका कर्मचारी नै वडा कार्यालय पुगेर वितरण गर्ने लामाले जानकारी दिनुभयो। पालिकाको भुक्तानी सकेपछि साउनको पहिलो सातादेखि नै बैंकका कर्मचारी वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष लामाले बताउनुभयो। नयाँ पत्रिकाबाट  
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP