शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी न्युज विशेष
  • गृहपृष्ठ
  • कृषिबाटै मनग्य आम्दानी गर्ने घिमिरे भन्छन् , ‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
कृषिबाटै मनग्य आम्दानी गर्ने घिमिरे भन्छन् , ‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ३०, २०७९
inbound1209767395002893398
प्रताप बानियाँ म्याग्दी । साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ । उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्नुभएको थियो । त्यहाँबाट फर्किएपछि साउदीअरब पुग्नुभएका घिमिरेले त्यहाँ १० वर्ष तरकारी खेतीको चौकीदारी गर्ने, एअरपोर्टको ग्यारेजमा काम गर्ने, कुखुरा काट्ने, गाई फर्म र कम्पनीमा समेत काम गर्नुभयो । विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि घिमिरेले त्यसलाई कृषि पेसामा लगाउनुभयो । कृषि पेसामा लाग्नुभएको झण्डै एक दशक हुन थाल्यो । अहिले उहाँले आफ्नो ८ रोपनीको जग्गामा व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएको छ । ३ रोपनीमा गोलभेँडा खेती गर्नुभएका घिमिरेले २ रोपनीमा काँक्रो र २ रोपनीमा हजारिया जातको केराको व्यावसायिक खेती गर्नुभएको छ । १ रोपनीको जग्गामा खुर्सानी, रामतोरिया र भन्टाको खेती गरेको उहाँले जानकारी दिनुभयो । घिमिरेले गोठमा एउटा दुधालु जर्सी गाई, एकएक वटा भैंसी र राँगो तथा २ वटा बाख्रा समेत पाल्नुभएको छ । ५ जना सदस्य रहेको घिमिरेको परिवारका अन्य सदस्यहरुले पनि तरकारी र फलफुल खेतीको उत्पादन तथा बिक्री वितरणमा सहयोग गर्दै आइरहेका छन् । कमला कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सञ्चालन गर्नुभएका घिमिरेले १८ फिट लम्बाई र १२ फिट चौडाइको २ वटा टनेलभित्र गोलभेँडा खेती लगाउनुभएको छ । गोलभेँडाको मात्रै ४ हजार बिरुवा लगाएको उहाँले बताउनुभयो । तरकारी र फलफुलबाट वार्षिक सात लाख आम्दानी व्यावसायिक तरकारी र फलफुल खेती गर्नुभएका कृषक घिमिरेले एक वर्षमा सातलाख रुपैयाँ आम्दानी हुने गरेको अनुभव सुनाउनुभयो । वार्षिक सरदरमा डेढ लाख रुपैयाँ जतिको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, बारीमा काँक्रो, भन्टा, खुर्सानी र बारीको कान्ला र छेउछाउमा केरा खेती लगाएको बताउनुभयो । उहाँले गोलभेँडा बिक्रीबाट मात्रै सबैभन्दा धेरै चारलाख रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो । यसैगरी केरा खेती र कागतीबाट वार्षिक दुईलाख आम्दानी हुन्छ भने बन्दा, काउली, खुर्सानी, चिप्लेभन्टा र सुन्तला बिक्रीबाट एकलाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । उहाँले आम्दानीलाई घरखर्च चलाउन र केटाकेटीको पढाई खर्च जुटाउनमा प्रयोग गर्नुहुन्छ । ‘केही रकम व्यावसायिक कृषि खेतीमा लगानी हुन्छ भने बचेको रकमलाई वित्तीय संघसंस्थामा बचत गर्छु’, उहाँले भन्नुहुन्छ, ‘राम्रोसँग ध्यान दिएर आफ्नै गाउँठाउँमा व्यावसायिक तरकारी, फलफुल र पशुपालन गर्नसके पैसा कमाउनकै लागि विदेश जानु पर्दैन ’ उहाँले आफ्नो फर्ममा उत्पादित तरकारी र फलफुल गाउँमै बिक्री गर्नुहुन्छ । सदरमुकाम बेनीबजार नजिकै भएकाले पनि उहाँलाई बेच्न सजिलो छ । उत्पादन गर्न सकेको खण्डमा अर्गानिक तरकारी र फलफुल खरिद गर्न ग्राहक फर्ममै पुग्ने गर्दछन् । उत्पादन गरेको तरकारी र फलफुलको बिक्री वितरण गर्नका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । वास्तविक कृषकको पहिचान गर्नुपर्छ सरकारले वास्तविक किसानको पहिचान गर्नुपर्ने कृषक हरिलाल बताउनुहुन्छ । संघ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रमहरु ल्याए पनि कृषक घिमिरेले व्यावसायिक खेती गरेकोमा अहिलेसम्म कृषि ज्ञानकेन्द्र म्याग्दीबाट जम्मा तीनवटा प्लाष्टिकको टनेल मात्रै पाएको बताउनुभयो । उहाँले सरकारी अनुदानको नाममा टनेलका लागि प्लाष्टिक पाएको बताउँदै नगरपालिका, वडा र पशु कार्यालयबाट अन्य अनुदानको कार्यक्रम पाउन नसकेको गुनासो गर्नुभयो । ‘कृषकहरुलाई भनेर सरकारले नीति तथा कार्यक्रममार्फत थुप्रै बजेट र कार्यक्रम ल्याउने गरेको भए पनि त्यो टाठाबाठाका लागि मात्रै छ’, उहाँ भन्नुहुन्छ, ‘सरकारले वास्तविक किसानको पहिचान गरि त्यसैअनुसारको नीति र कार्यक्रमहरु ल्याउनुपर्छ ।’ सरकारले कृषकलाई राहत दिने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताउँदै उहाँले कृषकलक्षित सही नीति र अनुदानका कार्यक्रमहरु ल्याउने हो भने कृषि क्षेत्रमा धेरै राम्रो गर्न सकिने अनुभव सुनाउनुभयो । झण्डै एक दशकदेखि कृषि पेशामा संलग्न कृषक घिमिरेले स्वदेशमा जति धेरै दुःख गरेर कमाएको भए पनि त्यो नदेखिने गरेको गुनासो छ उहाँसँग । उहाँले विदेश गएर अर्काको देशमा पसिना बगाएर कमाएको देखिए पनि आफ्नै गाउँ ठाउँमा गरेको कामको मेहनत अनुसारको प्रतिफल नदेखिएको बताउनुहुन्छ । यसमा पनि सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ । ‘विदेशमा गएर कमाएको थोरै भए पनि क्वाप्पै देखिन्छ, तर यहाँ जति कमाए पनि बचाउनै गाह्रो छ’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले स्वदेशमै कृषि पेसा, व्यवसाय गर्ने कृषकहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’      
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  २१:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP