शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो
म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार ३१, २०७९
vada samayojan
म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भएको खण्डमा साविकको भाडामा पचास प्रतिशत भाडा घटाउने र कच्ची सडकमा साविक बमोजिमकै भाडा कायम गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकले समायोजन सहितको भाडादर यातायात व्यवसायिहरुले तत्काल जिल्ला प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पेश गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय समेत गरेको छ । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक अन्तर्गत बेनी देखि मंगला गाउँपालिका २ सिमचोकसम्मको करिब १२ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । सडक कालोपत्रे भएपनि सार्वजनिक यातायातमा पुरानै भाडाशुल्क असुल हुँदै आएकोमा चौतर्फि विरोध र आलोचना भएपछि भाडादर समायोजन गरिएको हो । जिल्ला स्थित सरोकारवाला र यातायात व्यवसायिहरु समेत सहभागी उक्त बैठकले बेनी–दरबाङ सडकको सिमसम्म कालोपत्रे भएको सिमदेखि दरबाङसम्मको कालोपत्रेको लागि योजना सञ्चालन भइरहेकाे अवस्थामा बेनीदेखि दरबाङसम्मको २४ किलोमिटर सडकलाई स्थायी रुट कायम गर्न गण्डकी प्रदेश र संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरि जिल्लाभित्र र जिल्लाबाट बाहिर सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले महिला, अशक्त, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक लगायतका बर्गलाई छुट्याउनुपर्ने आरक्षण र भाडामा छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराउने निर्णय समेत गरिएको छ । बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारी, प्रहरी नायब उपरिक्षक तिलक भारती, ट्राफिक प्रहरी प्रमुख इन्द्रबहादुर नेपाली ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, यातायात व्यवसायी लगायत प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।  
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २२:५५
थप म्याग्दी
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP