शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका स्थानीय तहमा ५ करोड चार लाख ३४ हजार रुपैयाँ बेरुजु
म्याग्दीका स्थानीय तहमा ५ करोड चार लाख ३४ हजार रुपैयाँ बेरुजु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २, २०७९

बेनी । म्याग्दीका ६ वटै स्थानीय तहमा आर्थिक बर्ष २०७७ /०७८ को बेरुजु रकम ५ करोड चार लाख ३४ हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार म्याग्दीका ६ वटै स्थानीय तहमा पाँच अर्ब ६५ करोड ९८ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको छ । यस अघिको भन्दा स्थानीय तहले बेरुजु रकम घटाएका छन् ।

पालिकामा कार्ययोजना बनाएर पुरानो बेरुजु असुलउपर, कागजात, प्रक्रियामा कडाइ गरेपछि बेरुजु घटेको स्थानीय तहको भनाई छ ।७९ करोड ८० लाख ४० हजार रुपैयाँको लेखापरीक्षण भएको मालिका गाउँपालिकामा एक करोड ३९ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको छ । रघुगङ्गा गाउँपालिकामा ७६ करोड ९० लाख ६५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३६ लाख २७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बेनी नगरपालिकामा एक अर्ब २१ करोड ५३ लाख ९० हजार रुपैयाँको परीक्षण गर्दा एक करोड ३९ लाख ५२ हजार रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाको ८९ करोड दुई लाख ५७ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ६४ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ । धवलागिरि गाउँपालिकाको एक अर्ब १३ करोड १७ लाख ६५ हजार रुपैयाँ बजेटको लेखापरीक्षण गर्दा ८३ लाख ३४ हजार र मंगला गाउँपालिकाको ८४ करोड ५५ लाख ८१ हजार रुपैयाँको परीक्षण गर्दा ४० लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।म्याग्दीको सदरमुकाम नजिकै रहेको पर्वतको जलजला गाउँपालिकाको ८७ करोड २१ लाख २६ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ८० लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बिनाप्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गर्दा बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP