शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण
अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २, २०७९
Annapurna 2
म्या म्याग्दी । ग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित  शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो । गाँउपालिका अध्यक्ष भरतकुमार पुन, वडा अध्यक्ष दिलिप कुमार पुनको उपस्थितिमा १०८ बर्षका मनबहादुर राम्जाली सहित १ सय २६ जनालाई भत्ता वितरण गरिएको शाखा प्रबन्धक श्याम थापाले बताए ।गाउँपालिका अध्यक्ष पुनले वित्तिय संस्थालाई वडामै पुगेर सेवा उपलब्ध गराउन आवश्यक सहयोग गरिने बताए । उनले अशक्त , जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गदैं सबै ८ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न जनप्रतिनिधि तयार रहेको बताए ।   दोबामा १४ लाख ३२ हजार ५ सय भत्ता वितरण गरिएको थियो। ‘हामीले जनप्रतिनिधिको उपस्थितीमा वडामै पुगेर वितरण गछौ,‘यो सामाजिक उत्तरदाहित्व अन्तरगत पनि पर्छ’ बैकका प्रबन्धक थापाले भने । गाउँघरबाट बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि विगतमा समेत वडामै पुगेर सेवा दिने गरिएको थापाको भनाई छ । वडाबाट शाखासम्म आउँदा लाग्ने समय, यातायात सहित अन्य खर्च बचत भएको भन्दै बृद्धबृद्धा समेत उत्साहित भएका छन्। म्याग्दीका अन्य स्थानीय तहले समेत वडामै पुगेर भत्ता वितरण गर्न सम्झौता गरिएका बैंकहरुलाई ताकेता गरेपनि बैंकका कर्मचारी, वडा कर्मचारीले जनशक्ती, सुरक्षा लगायतका बाहना बनाउँदै शाखामै आएर लिन बाध्य बनाएका छन् । बेनी नगरपालिका अन्तरगतका अधिकांस वडाका बृद्धबृद्धा सदरमुकाम बेनीस्थित बैंकमा दिनभरी लाइनमा बसेर सेवा लिने गरेका छन् भने अन्य स्थानीय तहमा समेत बृद्धबृद्धालाई सास्ती हुने गरेको छ । भत्ताको लागि आफूले इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने नाममा रकम सम्बन्धित ब्यक्तीको हातमा नपुग्ने अवस्था भएकाले वडामै पुगेर वितरण गर्दा प्रभावकारी हुने जनप्रतिनिधिको भनाई छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १९:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP