शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
रघुगंगा गाउँपालिका
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण
रघुगंगा गाउँपालिकामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन ४, २०७९
294559753_2867177930094967_3279675786102087764_n

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय नै गरेर पालिकाको केन्द्रमा रहेको बैँक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रवन्ध मिलाएको हो ।गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएका सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैँकका कर्मचारीलाई वडा र वस्ती स्तरमै पु¥याएर वितरण गर्ने प्रवन्ध मिलाइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाका ८ वटै वडाका लाभग्राहीको प्रभु बैँकमा रहेको खातामा गत बैशाख देखि असार सम्मको सामाजिक सुरक्षा भत्ता पठाईसकिएको र भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैँक सम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैँकका कर्मचारीलार्इ बस्ती स्तरमा पु¥याएर वितरण गर्न थालिएको हो । गाउँ बस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने जनाइएको छ । रघुगंगामा कार्यतालिका नै बनाएर साउन ३ गतेदेखि वडा नम्बर ४ बाट गाउँ बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, मंगलवार वडा नम्बर ४ दग्नामको वडा कार्यालय र दर्मिजाको शिव आधारभुत विद्यालयमा गरि दुई स्थानबाट भत्ता वितरण गर्ने काम सकिएको छ ।

याे पनि... [embed]https://myagdinews.com/2022/07/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5/[/embed]

त्यसैगरि साउन ४ गते वडा नम्बर १ को बाँदुक र वडा कार्यालय बेग, ५ गते वडा नम्बर ७ को चिमखोला, ७ गते वडा नम्बर ६ को कोटगाउँ र वडा कार्यालय पाखापानी, १० गते वडा नम्बर ८ कुइनेमंगलेको वडा कार्यालय, १२ गते वडा नम्बर २ को वडा कार्यालय, देउराली आधारभुत विद्यालय र सिताराम टोल र १३ गते वडा नम्बर ३ को वडा कार्यालय र मालिका देवी आधारभुत विद्यालयबाट लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ । त्यसैगरी अन्नपुर्ण गाउँपालिकाले पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।


प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP