शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
रघुगंगा गाउँपालिका
  • गृहपृष्ठ
  • समाजसेवी क्याप्टेन पुनद्धारा दिवंगत श्रीमति र छोराको सम्झनामा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना
समाजसेवी क्याप्टेन पुनद्धारा दिवंगत श्रीमति र छोराको सम्झनामा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन ५, २०७९
photo of hand over
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ कोट गाउँ घर भई हाल बेनी निवासी समाजसेवी क्याप्टेन मनबहादुर पुनले दिवंगत श्रीमती र माइला छोराको सम्झनामा विद्यालयमा अक्षयकोष सथापना गर्नुभएको छ । क्याप्टेन पुनले स्वर्गिय श्रीमति रबिसरा पुन र माइला छोरा मन प्रसाद पुनको सम्झनामा सोही कोटगाउँ स्थित जन आदर्श आधारभुत विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । क्याम्पसचोक स्थित एमके कम्प्लेक्सका संचालक समेत रहनुभएका समाजसेवी क्याप्टेन पुनले उक्त रकम विहिबार एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाईबहादुर पुन र विद्यालयकी प्रअ फमाया पुनलाई हस्तान्तरण गर्नुभयो । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको समाजसेवी क्याप्टेन पुनले बताउनुभयो । विव्यस अध्यक्ष पुनले सहयोगप्रति क्याप्टेन पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार सो रकम मुद्धतिमा जम्मा गरिएको छ । उक्त रकमबाट आउने ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाईमा खर्च गरिने बताउनुभयो ।कक्षा पाँच सम्म पढाई हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP