शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग
मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन ७, २०७९
DSC_0002

बेनी । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेरिकाबाट छोरा अमर भण्डारीको नेतृत्वमा मुना भण्डारी ,प्रकाश भण्डारी ,राजेन्द्र केसी ,ओमकार पुन ,मणिलाल बिक लगायतबाट संकलन गरेर पठाएको ७० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको बताउनुभयो । साथै कांग्रेस म्याग्दीका नेता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवि शर्माले समेत दुई हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

उक्त रकम शनिबार एक कार्यक्रमका बिच कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता शर्मा ,समाजसेवी तथा पुर्व जिविस सदस्य भण्डारीले मृगौला पीडित सुवेदी र श्रीमान बालकृष्ण आचार्यलाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्दै शर्माले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आर्थिक सहयोगले पीडित परिवारलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मृगौला पीडित सुवेदीले सहयोगीहिरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहयोग रकम उपचारमा खर्च गर्ने बताउनुभयो । सुवेदीको केही समय अघि मात्र काठमाडौं स्थित टिचिङ अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको छ । निशा सुवेदीका अनुसार ,आमा फुलकुमारी सुवेदीले मृगौला दिनुभएको हो ।

२ साउन २०७६ मा बेनी अस्पतालमा सुत्केरी भएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परिक्षणका क्रममा सुवेदीको दुबै मृगौला फेल भएको रिपोर्ट आएको थियो । मृगौला प्रत्यारोपणको लागि काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको थियो ।

२९ बर्षिया सुवेदीले औषधी सेवन गर्दै आउनुभएको छ । उहाँका अनुसार ,फलोअपको लागि प्रत्येक तीन महिनामा एक पटक अस्पताल जानुपर्छ । कमजोर आर्थिक अवस्था भएकोले यस अघि उपचारका लागि भाई नेत्रराज सुवेदीकाे संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियो ।अहिलेसम्म करिब १६ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । सुवेदीका एक छोरा हुनुहुन्छ । आमा संगै सुवेदीका परिवार बेनी नगरपालिका–८,स्थित खोरियामा बस्नुहुन्छ।

 


प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP