शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • भारतलाई रोक्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य
भारतलाई रोक्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन १५, २०७९
काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ ।खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घरेलु टोली तथा साविकको विजेता भारतलाई रोक्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । भारतलाई हराउन सके नेपाल एक खेल बाँकी छँदै फाइनलमा पुग्नेछ । नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनेछ । नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा पनि नेपाल फाइनल पुग्ने सम्भावना रहन्छ तर त्यसका लागि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ । भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरह हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ । भारत च्याम्पियनसिपको साविक विजेता हो भने नेपाल सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । जुनसुकै स्तरको खेल भएपनि नेपाल र भारतबीचको खेल सबैका लागि विशेष हुने गर्दछ ।भारत पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै जितको लयमा फर्किएको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० र बुधबार भएको खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ७ गोल गर्दा एक गोल पनि बेहोरेको छैन । मनग्य नकर्मी र कृतिश रत्न छुन्जुले समान दुई तथा कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले समान एक गोल गर्नुभएकाे छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टोली चार देशसँग खेल्न आएको र सबै प्रतिस्पर्धीलाई एकै नजरमा हेरेको बताउनुभएको । ‘विशेष केही छैन । टिममा विश्वास छ । टिमवर्क भएर जुन प्रकारले मिहेनत गरेको छ । त्यो अनुसार प्रदर्शन गर्नेमा विश्वस्त छु,’ खेल अघि प्रशिक्षक केसीले भन्नुभयो , ‘भारतलाई हराउन मिहेनत गर्नुपर्छ । उमेर समुहमा दक्षिण एसियाको स्तर एकै हो कहिलेकाही तलमाथि हुने कुरा छुट्टै हो । सकेसम्म राम्रो खेलेर हराउने प्रयास गर्नेछौं ।’ उहाँले टोली भारतविरुद्ध टोली तयार रहेको र टोलीका सबै खेलाडी फिट रहेको बताउनुभयो। भारतका मुख्य प्रशिक्षक सणमुगम वेन्कटेशले अबका सम्पूर्ण खेल महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले नेपालसँग पनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने बताउनुभएको छ । ‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ । हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका हौं । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो,’ उहाँले भन्नुभयो , ‘अब हामी नेपालको सामना गर्न पूरा तयार छौं । त्यहीअनुसार तयारी गरेका छौं । नेपालमाथि जित निकाल्छौं भन्नेमा विश्वस्त छु ।’ राउन्ड रोविन लिगको तीन चरणको खेल जारी रहँदा बंगलादेश तीन खेलमा तीन जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपाल दुई खेलमा दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत दुई खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंकाले अंकको खाता खोल्न सकेका छैनन् । श्रीलंका भने बाहिरिएको छ ।नेपाले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि २० साउनमा प्रतिस्पर्धा गर्नेछन् ।  
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०८:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP