शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द
आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन २१, २०७९
bbb
बागलुङ ।  बागलुङका यातायात व्यवसायीहरुले आईतबारदेखि सार्वजनिक सवारी साधन नचलाउने भएका छन् । गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा आईतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएको धौलागिरी कालिका यातायात प्रा.ली बागलुङका अध्यक्ष विष्णु अधिकारीले बताउनु भयो  । त्यो आन्दोलनमा धौलागिरी कालिका यातायात प्रा.लि, धौलागिरी गण्डकी यातायात प्रा.लि बागलुङ, धौलागिरी अञ्चल यातायात सेवा प्रा.लि बागलुङ र बागलुङ भगवति यातायात प्रा.लि बागलुङको एक्यबद्धता रहेकोे छ । पत्रकार सम्मेलन गरि आईतबारदेखि लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी साधन नचल्ने अध्यक्ष अधिकारीले बताउनु भयो । यातायात व्यवसायीहरुले आन्दोलनको भावना विपरित गण्डकी प्रदेश सरकारबाट माग सम्बोधन नभएको खण्डमा अनिश्चितकालिन प्रदेश बन्द गर्न बाध्य हुने समेत बताएका छन् । ‘यातायात व्यवसायीलाई गण्डकी प्रदेस सरकारबाट अचाक्ली कर बढाईएको छ, यसको प्रतक्ष मार जनतामा परेको छ ।’ अध्यक्ष अधिकारीले भने–‘वैज्ञानिक कर प्रणाली लागु नहुँदासम्म हामीहरुको आन्दोलन जारी रहन्छ ।’ धौलागिरी कालिका यातायात प्रा.लिका महासचिव दिनेश बोहोराले गण्डकी प्रदेश सरकारबाट निजी तथा सार्वजनिक सवारी साधनमा गरिएको अन्यायपूर्ण सवारी कर बृद्धि प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उनले भने–‘व्यवसायलाई राहत दिनु पर्ने अवस्थामा उल्टै कर, जरिवाना लगायत आकाशिदो मुल्यवृद्धिबाट आम नागरिक पीडित भईरहेका छन् । गण्डकी प्रदेश सरकार आम नागरिकको अभिभावकत्व ग्रहण गर्नु पर्ने ठाउँमा गैर जिम्मेवार भई आम नागरिकको हित विपरितका राजश्व असुल गर्ने नीति र नियतिले सरकारको आम नागरिक प्रतिको दायित्वमा प्रश्न चिन्ह खडा गरेको छ ।’ ‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षालाई अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा भाडा, पर्यटन सवारी साधन पनि घर ग्यारेजमा राखि अव्यवहारिक करको विरुद्धमा हामीलाई सहयोग गर्न अनुरोध गर्दछौँ’ व्यवसायीको अपिल छ । व्यवसायीहरुले वैज्ञानिक कर नीति र भाडादर कायम गर्न समेत सरकारसँग माग गरेका छन् । उनीहरुले राज्यद्वारा विभेदपूर्ण गरिएको सार्वजनिक यातायातमा २० बर्षे नीति निर्णय समेत खारेज गर्न माग गरेका छन् । ईपरी न्यूजबाट
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २०:१३
थप समाचार
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP