शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रदेश सरकार र यातायात व्यवसायीबीच सहमति, आइतबारदेखि घोषित बन्द फिर्ता
प्रदेश सरकार र यातायात व्यवसायीबीच सहमति, आइतबारदेखि घोषित बन्द फिर्ता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन २१, २०७९
bbb
पोखरा । यातायात व्यवसायीहरु भोलि आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आईतबारदेखि घोषित बन्दको कार्यक्रम फिर्ता भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबीच शनिबार छलफल भएपछि यातायात व्यवसायी आफ्नो आन्दोलनबाट पछि हटेका हुन् । यातायात व्यवसायीका मागका सम्बन्धमा आवश्यक निर्णय गर्न प्रदेशका मुख्यमन्त्री, विषयगत मन्त्रालयसंग वार्ता र संवादको माध्यमबाट तत्कालै छलफल गरिने भएपछि व्यवसायी आन्दोलनबाट पछि हटेका हुन् । छलफलमा मन्त्री खड्काका साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वार वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस), महासचिव डेकनाथ गौतम, सचिव भानुभक्त बराल, महासंघका ट्याक्सी (वर्गीय संयोजक) प्रकाशमणि तिवारी, गण्डकी प्रदेश संयोजक केदार प्रसाद पौडेल, अखिल नेपाल यातायात मजदूर संघका गण्डकी संयोजक झम्कनाथ पौडेल, स्याङ्जा गण्डकी यातायात प्रालिका अध्यक्ष पुष्पराज पोखरेल, पोखरा यातायात प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिना र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत केदार सापकोटा सहभागी थिए । यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै महासंघले आइतबारदेखि आन्दोलन घोषणा गरेको थियो ।  सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप लगाउँदै महासंघले कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको जनाएको थियो ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २२:५४
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP