शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • फोनिज गण्डकीलाई मैत्रीपुर्ण फुटसलको उपाधि
फोनिज गण्डकीलाई मैत्रीपुर्ण फुटसलको उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २५, २०७९
Fonij Futsal Photo
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिज जितेको छ । फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५–४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४–३ गोल अन्तर हराएको हो । पुरुषतर्फ निर्धारित समयमा ४–४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले २ गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र बिजय नेपालीले १÷१ गोल गरे । महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दिपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए । बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने वताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो । ‘खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ,’ उनले भने, ‘त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथ मै छ ।’ ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाज मार्फत साथ दिन उनको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो । कार्यक्रममा फोनिज गण्डकी सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगर लगायतले मैत्रीपुर्ण खेलले स्वस्थ्य रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरुमा ज्ञान हुने बताएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP