शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन
गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १, २०७९
galeshower-tample2079-4-31
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख ३९ हजार ५५६ रुपैयाँ , दोस्रो सोमबार तीन लाख १८ हजार ३३२ रुपैयाँ , तेस्रो सोमबार तीन लाख सात हजार १३ रुपैयाँ, चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबार चार लाख ६८ हजार ९२९ रुपैयाँ भेटि संकलन भएको जानकारी दिनुभयो ।साउन महिनामा एक लाख २५ हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल तीन करोड नौ लाख ४९ हजार ५८८ रुपैयाँ मौज्जदात छ । जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरु र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टनजमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ । द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहाँस छ ।भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब  दश करोड रूपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मुर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP