शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कांग्रेस म्याग्दीको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सुरु
कांग्रेस म्याग्दीको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १, २०७९
299780430_846309040078400_6156846401739721860_n
बेनी । नेपाली कांग्रेस म्याग्दीले पालिकास्तरीय कार्यकता भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर बुधबारदेखि कांग्रेसले पहिलो चरणको पालिका स्तरीय अभियान सुरु भएको हो । अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला भएको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेर अभियानलाई तिब्रता दिइएको जिल्ला कार्य समिति म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आगमी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेलाई पहिलो दल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले पार्टी आन्तरिक रुपमा एक ढिक्का भएको बताउँदै म्याग्दीमा कुनै पनि गुटउपगुट नभएको बताउनुभयो । आगामी निर्वाचनमा सबै एक भएर कांग्रेसलाई जिताउन समेत आग्रह गर्नुभएको छ ।सोही भेलामा उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारी, सचिव भरतबहादुर रकाल, प्रदेशसभा (क)का सभापति ओम छन्त्याल ,दरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, पूर्व सहसभापती नेत्रबहादुर महत, पूर्व सचिव क्या मिनबहादुर कार्की , शुभेन्छुक संस्था समन्वय संयोजक दुर्गाराम सुवेदी लगायतका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो। रघुगंगा गाउँपालिका सभापती मनकुमार शेरपुजाको अध्यक्षता र पालिका सचिव सिता खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको  कार्यक्रममा पालिकामा बैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेद्धार बनेका, निर्वाचित जनप्रतिनिधि, पालिका समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । जिल्लाका सबै पालिकास्तरीय भेलापछि थप योजना बनाएर वडा, बस्ती र टोलस्तरसम्म जाने कांग्रेसले जनाएको छ । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनै छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP