शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुग्योः मन्त्री थापामगर
मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुग्योः मन्त्री थापामगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ५, २०७९
Mogar Samaj
पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भु–संरक्षणमन्त्री दिपक थापा मगरले पछिल्लो समय मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुगेको बताउनु  भएको हो । शनिबार नेपाल मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री थापामगरले पछिल्लो समय मगरहरुको कलासंस्कृति लोपउन्मुख अवस्थामा पुग्न थालेको अभिव्यक्ति दिएका हुन् । उहाँले कला तथा संस्कृति मगर समुदायको सम्पत्ती भएको बताउदै संरक्षणको आवश्यकता रहेको बताए । ‘पछिल्लो समय मगरहरुको भाषा कम प्रयोग हुदै गएको छ जसको कारण भाषा लोपउन्मुख छ, कलासंस्कृतिमा विकृति आउँदै यसको संरक्षणमा उचित ध्यान नपुग्दा भाषा, कलासंस्कृति लोपउन्मुख अवस्थामा पुगेको छ, उहाँले भने, ‘यसको संरक्षणमा सबैका ध्यान जान जरुरी छ ।’ उहाँले आदिवासीहरुको भाषाहरुलाई उचित प्राथमिकता नदिदा आदिवासीहरुको भाषा कला संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै मन्त्री थापा मगरले राज्यसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । ‘मौलिक कलासंस्कृति भनेको के हो , मन्त्री थापामगरले प्रश्न गरे, ‘मौलिक खेल भनेको केहो सबै संकटमा छन् त्यसैले भाषाको संरक्षणसँगै कलासंस्कृति केहो भनेर युवापुस्तामा सिकाउन र पुस्तातरण गर्न आवश्यक रहेको छ ।’ उनले आदिवासीहरुको मौलिक खेल समेत ओझेलमा परेको धारणा राखे । ‘आदिवासीहरुको मौलिक खेल अहिले संकटमा छ, उनले भने, ‘उनीहरुको मौलिक खेलहरु अहिले केही मात्र देख्न सकिन्छ तर प्राय खेलहरु लोपउन्मुख भएकाले यसको संरक्षणमा विशेष योजना राज्यको हुन आवश्यक छ ।’ यसैगरि अधिवक्ता शुरेन्द्र थापा मगरले पछिल्लो समय मगर युवाहरु पत्रकारितामा आर्कषण भएपनि उनीहरुलाई तालिम तथा गोष्ठीहरुको आवश्यक रहेको बताउनु  भयो । ‘मगर समुदायको पनि पत्रकारिता तथा संचारक्षेत्रमा आर्कषण छ तर उचित किसिमको तालिम, परामर्शहरुको आवश्यक छ, उनले भने, ‘मगर तथा आदिवासीहरुको मुद्धामा अरुले सहि सुचना दिन नसक्दा उनीहरुले उठाएका मुद्धाहरुले स्थान नपाएको हो ।’ दक्ष जनशक्ति निर्माण गर्न उनले सबैलाई उचित किसिमको तालिम तथा परामर्शहरुको आवश्यक रहेको बताउदै यथाशिघ्र सञ्चालन गर्न सुझाव दिएका थिए । नवनिर्वाचित टिमको पदस्थापन नेपाल मगर पत्रकार संघ कास्कीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शनिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका निर्वतमान अध्यक्ष एमबी आस्था मगर, नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव तथा अधिवक्ता मनोज घर्ति मगर र अधिवक्ता शुरेन्द्र थापा मगरले पदस्थापन गराए। सो कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समिति तथा कौरा समुहलाई सम्मान गरिएको थियो। दोस्रो जिल्ला अधिवेशनले विनु थापा मगरको अध्यक्षतामा १३ सदस्य कायसमिति चयन गरेको थियो। समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविन थापा मगर, सहसचिवमा बल बहादुर रोका मगर, कोषााध्यक्षमा श्याम राना मगर, सहकोषाध्यक्षमा आशा मगर चयन भएका थिए। सदस्यहरमा बिकाश रोका मगर, जुना थापा मगर, सिजन थापा मगर, गिता राना मगर चयन भएका थिए। गण्डकन्यूजबाट
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १०:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP