शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • म्याग्दीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली
म्याग्दीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १३, २०७९
beni-nagarpalika

म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् ।

सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।

“सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौँ”, उनले भने, “हरेक कामका लागि नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन वडामै सेवालाई विकेन्द्रित पनि गरिएको छ ।”

यसअघि ठेली प्याड बनाएर हातले लेखेर रसिद दिने गरिएको थियो । सफ्टवयरमा विवरण प्रविष्ट गरेर रसिद काट्न थालिएको हो । वडा कार्यालयमा सफ्टवयरबाट राजस्व तिर्ने सुविधा भएपछि नगरपालिका धाउनु नपर्ने, नजिक हुने, अनियमितता, अपारदर्शीता हट्ने र सेवा प्रवाह छिटो भएको छ ।

जिल्लाको रघुगङ्गा गाउँपालिकालगायत देशका विभिन्न स्थानीय तहमा लागू भएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चुहावट नियन्त्रण, आम्दानी वृद्धि र पारदर्शीता कायम गर्न प्रभावकारी बनेको छ ।

यसैगरी योजनाको लगत तयार र विवरण प्रविष्ट गरेर सम्झौता गर्ने मिल्ने सफ्टवयर प्रयोगमा ल्याइएको छ । विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने अभ्यास थालेको छ ।

विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न यसअघिकै वर्षदेखि थालिएको थियो । सेवाग्राहीको औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

नगरपालिका र वडाको सिफारिस, दर्ता र चलानीलाई अनलाइन प्रणालीमा आधारित बनाइएको छ । प्राविधिकलाई वडाबाटै काम गर्ने व्यवस्था मिलाएर रु पाँच लाखसम्म बजेट विनियोजन भएका योजना सम्झौता गर्ने अधिकार वडासचिवलाई दिइएको नगर प्रमुख सुरत केसीले बताए ।

बेनी नगरपालिकाको सवै वडा कार्यालयमा इन्टरनेट जडान भएको छ । विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन कम्प्युटर, प्रिन्टर, स्क्यानर र विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाइएको छ । वडासचिवहरुलाई गत हप्ता अनलाइन राजस्व सूचना प्रणालीका विषयमा तालिम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए । रासस


प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP