शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कतारमा रमाइलो तीज कार्यक्रम मनाइयो (तस्बिरहरु)
कतारमा रमाइलो तीज कार्यक्रम मनाइयो (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ १८, २०७९
302406949_5552940018060332_3210405374007882876_n
दोहा ,कतार । कतारमा रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाल संघ (मोना) कतारको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक विभाग, खेलकुद विभाग र मोना बहुउद्देश्यीय अक्षयकोषको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिका संरक्षक प्रेम रसाइलीले नारीको अनुहार हेर्न पनि नपाइने अवस्थामा मोना जन्मिएको स्मरण गर्दै एक सय भन्दा बढी महिलाहरुको बीचमा बसेर महिलाको पर्व मनाउन पाउँदा आफूलाई सपना जस्तो लागेको बताउनुभयो । उहाँले मोना विश्व भर सञ्जाल फैलिएको सामाजिक संस्था भएको बताउँदै कतारमा रहेका सबै म्याग्देलीलाइ जोडिन आग्रह गर्नुभयो। मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले कतारमा रहेका कुनै पनि चेलीलाई समस्या परेमा मोना कतारलाई सम्झन आग्रह गर्नुभयो । उहाँले म्याग्दीका मात्र होइन कतारमा रहेका सबै चेलीको साथमा रहेर उनीहरूका समस्या समाधानका लागि अभिभावको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । फगामीले समस्यामा परेर मोना कतार सम्म आएका सबैलाई संस्था तथा आफूले सक्दो सहयोग गरेको बताउँदै तीजको दिनमा ‘जहाँ चेलीका समस्या त्यहाँ मोना कतार’ पुग्ने प्रतिबद्धता दोहो¥याउनुभयो । फगामीले आशा गरेको भन्दा धेरै फराकिलो कार्यक्रम बनेको स्मरण गर्दै यातायात खाना लगायत सबै क्षेत्रमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै व्यवसायी तथा समाजसेवी अजय विकले मोना कतारको हरेक कदममा आफ्नो साथ रहने बताउँदै अक्षयकोषको लागि व्यक्तिगत रूपमा रु एक लाख सहयोगको घोषणा गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी सहित म्याग्दीली लगायत गैरम्याग्दीलीहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । महासचिव अजय कुवरले सहजीकरण गर्नुभएको कार्यक्रमको समापन अध्यक्ष फगामीले गर्नुभएको थियो । रमाइलो तीज कार्यक्रममा कलाकारहरुले सांगितिक प्रस्तुति मार्फत मनोरञ्जन दिलाएका थिए । राजु पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमका बारेमा संयोजक बाबुराम भण्डारीले महत्त्व र उद्देश्यका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहभागी सबै चेलीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सिता घिमिरे र खुमा पुन उत्कृष्ट डान्सरका रूपमा चुनिनुभएका थियो उहाँहरुलाई मिराकल पोखराका तर्फबाट रमेश पौडेलले उपहार प्रदान गर्नुभएको थियो । तस्बिरहरु : मोना कतार,दर्शन केसी र प्रेम रसाइलीको फेसबुकबाट
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १९:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP