शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन हुने
सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ २३, २०७९
IMG_8974
म्याग्दी ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले जिल्लामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार) धवलागिरि गाउँपालिकाबाहेक जिल्लाको पाचवटा स्थानीय तहमा पालिकास्तरीय वैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको एमाले म्याग्दीले जनाएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको आयोजनामा दरबाङमा सम्पन्न वैठकले पालिका भित्रका सबै वडामा वडास्तरीय वैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार यही भदौ २५ गते मालिकाको निस्कोट, २७ गते रुम, २८ गते डाँडागाउँ, २९ गते दरबाङ, ३१ गते ओखरबोट र असोज १ गते विममा वडा कमिटीको वैठक तथा भेला आयोजना गरिने एमाले मालिका गाउँपालिका कमिटीका सचिव सन्तोष सुवेदीले बताउनुभयो । वडा कमिटीको वैठकसँगै वडास्तरमा जनतासँग एमाले कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । एमाले म्याग्दीको हालै सम्पन्न जिल्ला कमिटिको वैठकबाट जनतासँग एमाले कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नेगरी निर्णय गरिएको छ । गाउँपालिका कमिटीको वैठक तथा भेलालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं आसन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले पार्टी सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले आफूलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारको रुपमा सिफारिस गरेको अवस्थामा जिल्लाको सबै वडामा पुग्ने प्रतिबद्धता जनाउँदै आसन्न निर्वाचनको नतिजा पार्टीको पक्षमा आउने गरी खट्न पाटीका सबै पङ्ति र नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । वैठकमा एमाले जिल्ला कमिटी सदस्यद्वय मनबहादुर पुन, कुलबहादुर घर्ती, एमाले निस्कोटका पूर्व वडा कमिटी अध्यक्ष बुद्धी पुन, रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकी, ओखरबोट वडा कमिटी अध्यक्ष गोपाल कँडेल, देवीस्थानका वडा कमिटी अध्यक्ष नवीन बुढाथोकी, दरबाङका वडाध्यक्ष पथबहादुर रोका र विमका वडाध्यक्ष टकलाल पुनले वडाको समग्र रिपोटिङसहित मन्तव्य व्यक्त गर्नुभएको थियो । सो वैठकमा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेश सभा (ख) निर्वाचन समन्वय कमिटी संयोजक खरमाया बिटालु, जिल्ला सचिवालय सदस्य सीता गुरुङ र मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको उपस्थिति रहेको थियो । वैठक गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव सन्तोष सुवेदीको सञ्चालन र उपसचिव भूपेन्द्र नेपालीको स्वागतमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP