शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • देशलाई समृद्ध बनाउन निर्वाचनमा भोट परिवर्तन गर्नुसः लिङ्देन
देशलाई समृद्ध बनाउन निर्वाचनमा भोट परिवर्तन गर्नुसः लिङ्देन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २८, २०७९
rajendra-lenden-2 copy
म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मत परिवर्तन गरी आफ्नो पार्टीलाई भोट दिन आग्रह गर्नुभएको हो । ‘‘मुलुकमा भष्टाचार र अनियमितता मौलाउँदो छ, यसमा ठूला पार्टीका नेता र सरकार सञ्चालनमा गएकाहरु समेत संलग्न छन्, त्यसैले उनीहरुबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन, राप्रपाले भष्टाचारलाई अपराध मानेको छ, यस पटक मुलुककै नेतृत्व गर्ने अभिमतको लागि आम नागरिकबाट सकरात्मक सहयोगको अपेक्षा गरेका छौँ’’–उहाँले भन्नुभयो । उहाँले एक पटक र यसै पटक राप्रपालाई मतदान गरि मुलुकलाई संकटबाट बचाउने कार्यमा लाग्न समेत आह्वान गर्नुभयो । युवाशक्तिलाई वैदेशिक रोजगारमा पठाएर रेमिट्यान्सबाट मुलुक सञ्चालन गर्ने र मुलुकको आर्थिक घाटा बढाएर आर्थिक रुपमा कमजोर बनाउने काममा राज्यको नेतृत्वमा पुगेका नेता र दलहरु सक्रिय रहेको बताउँदै उहाँले मुलुकलाई सहि मार्गमा अघि बढाउन नागरिकले समेत सहि व्यक्ति र पार्टीलाई मतदान गर्नुपर्ने उहाँको भनाई छ । जनता निर्वाचनको मतदानको दिन मालिक हुने भन्दै पटक पटक सोचेर आफ्नो मतको सहि सदुपयोग हुने निक्यौल गरेर मात्रै मतदान गर्नु उहाँले आग्रह गर्नुभयो । तीन दशक सम्म पटक पटक अवसर पाउँदा समेत मुलुक बनाउन नसक्ने र असफल भएका व्यक्तिहरुलाई मतदान गरि बर्षौसम्म पछुताउन नहुने उहाँको भनाई थियो । अध्यक्ष लिङदेनले मुलुकमा हिन्दुराष्ट्र सहित अभिभावकिय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्थाको खाँचो रहेको बताउँदै संसदलाई पूर्ण समानुपातिक बनाउँदै प्रदेश सरकार खारेज गर्ने एजेण्डालाई आगामी निर्वाचनमा जनतामाझ लैजाने बताउनुभयो । राप्रपा अध्यक्ष विरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश समितिका अध्यक्ष पञ्चमान गुरुङ, केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, पूर्व सहायकमन्त्री जगतप्रसाद गौचन, केन्द्रीय सदस्य दिलविकासराज भण्डारी राप्रपा म्याग्दीका बरिष्ठ उपाध्यक्ष जगनारायण गौचन लगायतले मन्तव्य राख्नुभएको थियो भने विभिन्न पार्टीबाट राप्रपामा प्रवेश गरेकाहरुलाई स्वागत तथा पार्टी सदस्यता प्रदान गरिएको थियो भने हरिप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २१:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP