शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • पुलाचौरका समाजसेवी भण्डारीद्वारा आर्थिक सहयोग
पुलाचौरका समाजसेवी भण्डारीद्वारा आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ ३०, २०७९
IMG_9460
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका समाजसेवी सुरथबहादुर भण्डारीले हिँजो (मङ्गलवार) एक व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बेनपा–५, पुरुन्डीका मतिलाल परियार (नानी)लाई नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । पुलाचौरको वसन्त आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमको अवसर पारेर भण्डारीले परियालाई उक्त रकम सहयोग गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका समाजसेवी भण्डारीले आफ्नो घरमा लामो समयसम्म बसेर काम गरी सहयोग पु¥याएको भन्दै अमेरिकाबाट आफ्ना छोराहरु अमर भण्डारी र प्रकाश भण्डारीले पठाएको नगद आफूले हस्तान्तरण गरेको बताउनुभयो । परियालाई नगद हस्तान्तरण गर्दै भण्डारीले नगद रकम बैंकमा बचत राखेर आफ्नो स्वास्थ्यका लागि औषधी उपचार गर्न तथा घरखर्च चलाउने गरी खर्च गर्न सुझाव दिनुभयो । सोही अवसरमा भण्डारीले विगतमा परियारलाई दिएको २४ हजार रुपैयाँ ऋणको तमसुक च्यातेर उक्त ऋण समेत मिनाहा गरिदिएको घोषणा पनि गर्नुभएको थियो । दुवै रकम एकमुष्ट गरेर कामदार परियारलाई नगद ७४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको समाजसेवी भण्डारीले जानकारी दिनुभयो । समुदायको विकास तथा सामाजिक क्षेत्रमा क्रियाशील भण्डारीले विगतमा पनि विभिन्न क्षेत्रमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आइरहनुभएको छ । यसअघि नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई ठूलो क्षमताको अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको थियो । आगामी दिनमा पनि सहयोग गर्ने कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०७:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP